आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

कर अधिकृतहरूलाई अर्थमन्त्रीको निर्देशन - अरू कुरा थाहा छैन लक्ष्यअनुसार राजस्व उठ्नुपर्छ 

images
मंगलबार, साउन ९ २०८०
images
कर अधिकृतहरूलाई अर्थमन्त्रीको निर्देशन - अरू कुरा थाहा छैन लक्ष्यअनुसार राजस्व उठ्नुपर्छ 

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवाका कर्मचारीलाई अर्थमन्त्रीले निर्देशन दिएका हुन्। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बुटवल भैरहवाका कर अधिकारीहरूलाई निर्देशन दिँदै राजस्वको लक्ष्य पूरा गर्नेगरि काम गर्न भनेका छन्। 

images
images
images

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवाका कर्मचारीलाई अर्थमन्त्रीले निर्देशन दिएका हुन्। 

images
images

आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न निर्देशन दिएका हुन्। 

images
images

‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन’ महतले भन्ने। 

करको दायर पनि विस्तार भएको र चालु वर्ष आर्थिक गतिविधि पनि बढ्ने भएकाले लक्ष्य अनुसार राजस्व संकलन हुने उनको भनाइ छ। 

‘हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ। पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ’ उनले भने। 


प्रकाशित : मंगलबार, साउन ९ २०८००६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend