आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

संसारकै ठूलो टी हाउस चेन ‘चा टाइम’ नेपालमा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ८ २०८०
images
संसारकै ठूलो टी हाउस चेन ‘चा टाइम’ नेपालमा

चा टाइमको आउटलेट नेपालका विभिन्न सहरमा विस्तार गर्ने सञ्चालकहरूको योजना रहेको छ। एक वर्षमा काठमाडौंमै दुईवटा र २ वर्षपछि काठमाडौं बाहिर लिने उनीहरूको योजना रहेको छ। 

images
images

काठमाडौं- संसारकै ठूलो बबल टी हाउस चेन ‘चा टाइम’ नेपालमा पनि भित्रिएको छ। नेपालका तीन युवा उद्यमीहरूले ताइवानी ब्रान्ड चा टाइमको आउटलेट नेपालमा सञ्चालनमा ल्याएका छन्। 

images
images
images

यशु श्रेष्ठ, विलाशा श्रेष्ठ र आकृति राणाले नेपालमा चा टाइमको आउटलेट काठमाडौंमा सञ्चालनमा ल्याएका छन्। काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा  चा टाइमको आउटलेट सञ्चालनमा आएको छ। 

images
images

संसारभर ३८ देशमा २ हजार ५ सय बढी आउटलेट भएको चा टाइम संसारकै ठूलो टी हाउस चेन हो। ताइवानमा स्थापना भएर सन् २००६ पछि अअमेरिकाबाट विश्व यात्रा सुरू गरेको यसको फ्रेन्चाइज नेपालमा पनि भित्रिएको हो। 

images
images

विभिन्न प्रकारका पेय पदार्थ उपलब्ध गराउने चा टाइमको फ्ल्यागशिप ड्रिंक्स भने पर्ल मिल्क टी हो। यद्यपि देश अनुसार स्थानीय फ्ल्याशिस ड्रिंक्स फरक हुन्छन्। 

नेपालमा भने ६२ प्रकारका पेय पदार्थ उपलब्ध रहेको सञ्चालक यशु श्रेष्ठले जानकारी दिएकी छन्। विदेश पुगेका नेपालीहरूले कहिँ न कहिँ चा टाइमको पेय लिएको र नेपालमा पनि माग उच्च हुने उनको विश्वास छ। 

नेपालीसँगै विदेशीहरूको पनि आकर्षणमा हुने उनको भनाइ छ। 

chatiem.jpeg

चा टाइममा सुगर र आइसको लेबल उपभोक्ता आफैले छान्न पाउनेछन्।  मिल्की, फ्रुटी, ब्रुड टि एण्ड कफी, फ्रस्टी, मिक्सिङ लगायतका फ्लेबरमा चा टाइमको स्वाद लिन सकिने श्रेष्ठले जानकारी दिइन्। 

चा टाइमको आउटलेट नेपालका विभिन्न सहरमा विस्तार गर्ने सञ्चालकहरूको योजना रहेको छ। एक वर्षमा काठमाडौंमै दुईवटा र २ वर्षपछि काठमाडौं बाहिर लिने उनीहरूको योजना रहेको छ। 

चा टाइममा पेयको मूल्य १ सय ९० रुपैयाँबाट सुरु भएर ४ सय ४० रुपैयाँसम्म रहेको छ। विश्वमा फैलिएर विश्वास आर्जन गरेका यस्ता ब्रान्डका आउटलेटले विदेशी पर्यटकको विश्वास पनि बढाउँछन्। 


प्रकाशित : सोमबार, साउन ८ २०८०१४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend