आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

महासंघले प्रधानमन्त्री कार्यालयसहित विकासे मन्त्रालयमा बुझायो नौ बुँदे ज्ञापनपत्र 

images
सोमबार, साउन ८ २०८०
images
महासंघले प्रधानमन्त्री कार्यालयसहित विकासे मन्त्रालयमा बुझायो नौ बुँदे ज्ञापनपत्र 

आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार साउन ९ गते मंगलबार सात प्रदेश महासंघहरुले मुख्य मन्त्रीलाई र ७७ जिल्ला संघहरुले जिल्ला स्थित जिल्ला प्रसाशन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने छन्।

images
images

काठमाडौं- सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग अघि सार्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री कार्यालयसहित विकासे मन्त्रालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएको छ।

images
images
images

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, उर्जा, जलस्रोत तथा सिंचाई र खानेपानी मन्त्रालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएको हो। 

images
images

महासंघले गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझ्दै खानेपानी मन्त्री महिन्द्र राय यादवले महासंघका मागहरू पूरा गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। मन्त्रालयका सचिवहरूसहित अन्य प्रतिनिधिहरूले पनि महासंघका मागहरूप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिए। महासंघ प्रतिनिधिमण्डलले सोमबार नै सार्वजनिक खरिद अनगुमन कार्यालयका सचिव डाक्टर दामोदर रेग्मी समक्ष पनि आफ्नो नौ बुँदे ज्ञापन पत्र बुझाएको छ। 

images
images

आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार साउन ९ गते मंगलबार सात प्रदेश महासंघहरुले मुख्य मन्त्रीलाई र ७७ जिल्ला संघहरुले जिल्ला स्थित जिल्ला प्रसाशन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने छन्।

महासंघका मागहरू पूरा गर्ने आफ्नो प्रतिबद्धताबाट राज्यपछि हटेका कारण बाध्य भएर आन्दोलनमा जानु परेको महासंघका अध्यक्ष रवि सिंहले बताए। अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने माग राखेको छ। 

त्यस्तै महासंघले अन्यौलग्रस्त र बजेट नभइ काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुअ करको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित् सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने माग महासंघले अघि सारेको छ।


प्रकाशित : सोमबार, साउन ८ २०८०१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend