आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ

images
सोमबार, साउन ८ २०८०
images
प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने बताएका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन्। इटालीको रोममा विभिन्न नेपाली संगठनका प्रतिनिधिले उनीसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए।

images
images
images

प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूले भेट गरेका थिए। भेटमा प्रधानमन्त्री दाहालले ठूला-ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताए।

images
images

सो अवसरमा सरकारले गरेका कामबाट विदेशमा भएका नेपालीमा देश बन्ने भो भन्ने सन्देश प्रवाह भएकाले त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिन एवं ऐक्यबद्धता जनाउन नेपाली संगठनका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले युरोपमा रहेका नेपालीको समस्या समाधान गर्नका लागि कूटनीतिक तवरले आफू लागिपरेको बताए। रासस

images
images


प्रकाशित : सोमबार, साउन ८ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend