आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मौद्रिक नीतिबारे बैंकर्स संघले भन्यो - स्थिरतातर्फ लैजान खोजिएकाले सकारात्मक देखिन्छ

images
सोमबार, साउन ८ २०८०
images
मौद्रिक नीतिबारे बैंकर्स संघले भन्यो - स्थिरतातर्फ लैजान खोजिएकाले सकारात्मक देखिन्छ

चालु पुँजी कर्जा मार्गनिर्देशनको विषय समेत संशोधनले मौद्रिक नीति सकारात्मक देखिएको बैकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सजगता अपनाएर ल्याएको भन्दै नेपाल बैकर्स संघले सकारात्मक रहेको प्रतिक्रिया दिएको छ। मौद्रिक नीतिमार्फत स्थिरता लिन खोजिएको समेत संघका अध्यक्ष सुनिल केसीले बताए।

images
images
images

अहिले नयाँ नीतिहरु समेत आएकोले धेरै विषयहरु सुधारको बाटोमा लागेको देखिएको समेत अध्यक्ष केसीले बताए। बाह्य क्षेत्रको सुधारले पनि मौद्रिक नीतिमा केही विषयहरु खकुलो बनाएकाले सकारात्मक विषय आएको अध्यक्ष केसीले बताए।

images
images

समग्रमा आइतबार ल्याएको मौद्रिक नीति गतवर्षको लिएको नीतिलाई थप सुधार गरेर स्थिरतातर्फ लैजान खोजिएको बताए। गत वर्ष ऋण विस्तार ३ प्रतिशत मात्रै भएको तर ११.५ प्रतिशतको लक्ष्य राखिएको यो अलि कम हो कि भन्ने रहेको अध्यक्ष केसी बताउँछन्। उनले गत वर्ष १२ प्रतिशतको लक्ष्य हुँदा ३ प्रतिशतमा खुम्चिएको बताए। यो ११.५ प्रतिशतलाई उत्पादन क्षेत्रमा लैजानेगरी मार्गनिर्देशन आउने अपेक्षासमेत रहेको अध्यक्ष केसीले बताए।

images
images

मौद्रिक नीतिमा नयाँ सवारी कर्जा, घर तथा आवसीय कर्जाहरुमा दिँदा सिमेन्ट तथा अन्य उद्योगहरु चलायमान हुने समेत उनले बताए। नयाँ ४.५ प्रतिशतमा आउने विषय राखिएकोले अब स्थिरता आउने उनको भनाइ छ। अब अन्तरबैंक ब्याजदरको समस्या समाधान हुने पनि उनले बताए। 

हेजिङको विषय समेत स्वागतयोग्य रहेको संघको भनाइ छ। पछिल्लो समयमा ब्याजदरको विषय उठाउने गरेको बताउँदै अहिले ब्याजदर घटिसकेको समेत बताए। अझै ब्याजदर अझै घट्दै जाने देखिएको उनको भनाइ छ। चालु पुँजी कर्जा मार्गनिर्देशनको विषय समेत संशोधनले सकारात्मक देखिएको अध्यक्ष केसीले बताए। 

बैंकिङ कसुर तथा सजाय ऐन ल्याउने विषय पनि सकारात्मक रहेको उनले बताए। त्यस्तै केवाइसी अपडेटलाई एकीकृत गर्ने विषय समेत समावेश भएको बताए। बैंकको पुँजी वृद्धिमा कुनै माध्यमबाट समावेश हुनुपर्ने अध्यक्ष केसीले बताए। 

संघका उपाध्यक्ष सन्तोष कोइरालाले  सन्तुलित मौद्रिक नीति आएको बताए। अहिले समय सापेक्ष नीति राष्ट्र बैंकबाट नीति आएको उनले धारणा राखे। 


प्रकाशित : सोमबार, साउन ८ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend