आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अण्डा उत्पादक किसानले पाउन थाले लागत मूल्य

images
सोमबार, साउन ८ २०८०
images
अण्डा उत्पादक किसानले पाउन थाले लागत मूल्य

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले १० वर्ष पहिले एउटा क्रेट अण्डाको मूल्य तीन सय रूपैयाँमा बिक्री हुँदै आएको भन्दै अहिलेको मूल्यले लागत धान्न नसक्ने बताए।

images
images

चितवन- लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन्। उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए।

images
images
images

पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन्। विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ। पछिल्लो समय अण्डाको मूल्य प्रतिक्रेट चार सय ५० रूपैयाँ तोकिएको छ।

images
images

नेपाल लेयर्स कुखुरा पालक संघका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ रूपैयाँ हुन आउँछ। किसानले हाल १५ रूपैयाँ पाएका छन्। उनको भनाइमा अहिले चल्लाको मूल्य एक सय ५० रूपैयाँ पर्दछ। बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ। सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० रूपैयाँ पर्दछ।

images
images

कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ रूपैयाँसम्म पर्ने बताए। सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा एक सय ६५ रूपैयाँ खर्च हुने उनको भनाइ छ।

एउटा अण्डाको उत्पादन लागत  १४ रुपैयाँ ८० पैसा पर्ने ढकालको दाबी छ। उनले भने, 'बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य १७ रूपैयाँ पर्न आउँछ।' अबको समयमा केही हदसम्म अण्डाको मूल्य बढेमा किसानले लागत मूल्य पाएर विगतको नोक्सानलाई पूर्ति गर्न सक्ने उनको भनाइ छ।

संघका अध्यक्ष विनोद पोखरेलले ३० प्रतिशत हाराहारी किसान विस्थापित भइसकेको बताए। उनले भने, 'लागत मूल्य पाउन नसके पोल्ट्री व्यवसाय धरासायी हुने अवस्था छ।'

झन्डै एक वर्ष यता स्वयं व्यवसायीहरुको अग्रसरतामा गरिएको बजारीकरण पछि अण्डाले मूल्य पाएको भन्दै उनले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए। धेरै किसान ऋण तिर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले केही ऋण थपेर उनीहरुलाई पुनः पेसामा फर्किन राज्यले सहयोग गर्नुपर्ने बताए।
 
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले कोभिडको समयपछि एकाएक अण्डाको मूल्य घटेसँगै किसान धरासायी हुँदै गएको बताए। पोल्ट्री क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा बढी लगानी भएको भन्दै उनले यसको ४० प्रतिशत हाराहारी लेयर्स कुखुरा पालनमा खर्च भएको बताए। उनले भने, 'कुखुरा बेचेर बाँकीलाई दाना खुवाएर बचाउनुपर्ने अवस्थामा हामी छौँ।'

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले १० वर्ष पहिले एउटा क्रेट अण्डाको मूल्य तीन सय रूपैयाँमा बिक्री हुँदै आएको भन्दै अहिलेको मूल्यले लागत धान्न नसक्ने बताए। उनले भने, 'पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रूपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सय रूपैयाँमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो ७० रूपैयाँ पर्दा अण्डाको मूल्य उस्तैउस्तै छ।'

दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले यकिन तथ्यांक नभए पनि ३५ लाख हाराहारी मात्रै उत्पादन हुने गरेको छ। दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्याधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुने चरणमा पुगेका छन्। रासस


प्रकाशित : सोमबार, साउन ८ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend