आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नर्सिङ कक्षा सञ्चालन गरिरहेको जग्गा महानगरले गरायो खाली

images
सोमबार, साउन ८ २०८०
images
नर्सिङ कक्षा सञ्चालन गरिरहेको जग्गा महानगरले गरायो खाली

प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो।

images
images

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ। प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो।

images
images
images

भरतपुर-३ नगरबनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई उपलब्ध गराएको थियो। तर बालकुमारी कलेजले उक्त जग्गामा रहेको भवनमा नर्सिङ कक्षा सञ्चालन गर्दै आएको थियो। यसरी आफ्नो जग्गा व्यापारिक लाभका लागि प्रयोग भएको पाइएपछि आफ्नो स्वामित्वमा ल्याएको भरतपुर-३ का वडाध्यक्ष विकास थापाले बताए। उनका अनुसार नगरप्रहरी र सुरक्षाकर्मीसहितको टोलीले आज उक्त जग्गा खाली गराएको हो।

images
images

महानगरले २०५८ सालमा प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई जग्गा उपलब्ध गराएको थियो। त्यसको दुई वर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको पाइएको वडाध्यक्ष थापाको भनाइ छ। 'उद्देश्यभन्दा फरकरुपमा भवन प्रयोग गरेको पाइएकाले खाली गराएका हौँ', उनले भने, 'पत्राचार गर्दा पनि अटेरी गर्दा बल प्रयोग गरी भवन खाली गरेका हौँ ।' 

images
images

बालकुमारी कलेजका सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले प्रसूति गृह सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति नपाएपछि नर्सिङ कक्षा सञ्चालन गर्न बाध्य भएको बताए। रासस


प्रकाशित : सोमबार, साउन ८ २०८००९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend