आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

images
सोमबार, साउन ८ २०८०
images
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सोमबार सकुलानन्द महर्जन र सञ्जयकुमार महर्जन पक्राउ परेका हुन्।

images
images

काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। 

images
images
images

ललिता निवासको सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा पास गराउने कार्यमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सकुलानन्द महर्जन र सञ्जयकुमार महर्जनलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

images
images

थप दुई जना पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। यस प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलगायत हालसम्म १९ जना पक्राउ परिसकेका छन्। पक्राउ परेका सबै सीआईबीको हिरासतमा छन्। 

images
images

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेका भन्दै सीआईबीले सरकारी छापा, दस्तखत, कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

ललितानिवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो। तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रकाशित : सोमबार, साउन ८ २०८००८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend