आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

लाइसेन्स बनाइदिने भन्दै सुन र नगद गरी साढे चार लाख रूपैयाँ बराबरको ठगी, दुई जना पक्राउ

images
सोमबार, साउन ८ २०८०
images
लाइसेन्स बनाइदिने भन्दै सुन र नगद गरी साढे चार लाख रूपैयाँ बराबरको ठगी, दुई जना पक्राउ

राजु परियारले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन्।

images
images

पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images
images

परियारलाई लुभुबाट पक्राउ गरिएको उनले जानकारी दिए। यसैगरी उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। रासस


प्रकाशित : सोमबार, साउन ८ २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend