आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरू

images
सोमबार, साउन ८ २०८०
images
घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरू

घोराही क्षेत्रमा एक करोड ४२ लाख ५५ हजार रूपैयाँ र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार रूपैयाँ लागतमा ठेक्का लगाइएको हो। घोराही-तुलसीपुर चार लेन सडक मर्मतका लागि तीन करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो।

images
images

तुलसीपुर- दाङको घोराही-तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ। आइतबारदेखि मर्मतको काम सुरू भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए।

images
images
images

'पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरू भएको छ', उनले भने, 'अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरू हुन्छ।' हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरू गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो। घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ।

images
images

घोराही क्षेत्रमा एक करोड ४२ लाख ५५ हजार रूपैयाँ र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार रूपैयाँ लागतमा ठेक्का लगाइएको हो। घोराही-तुलसीपुर चार लेन सडक मर्मतका लागि तीन करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो। 

images
images

यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरू गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भताभुंग हुँदा दुर्घटना बढेको थियो। सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो।

ठेक्का तोडिएसँगै तीन करोड रूपैयाँको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताए। 'चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो', उनले भने। असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ। वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए।

सडक मर्मत सुरू भएपछि यात्रु भने खुसी भएका छन्। 'सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ', तुलसीपुर- ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने, 'पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो।' रासस


प्रकाशित : सोमबार, साउन ८ २०८००७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend