आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चोभार सुख्खा बन्दरगाह व्यवस्थापन तथा सञ्चालनका लागि निजी कम्पनीलाई आह्वान

images
सोमबार, साउन ८ २०८०
images
चोभार सुख्खा बन्दरगाह व्यवस्थापन तथा सञ्चालनका लागि निजी कम्पनीलाई आह्वान

वीरगञ्जबाट काठमाडौं आउँदा मुग्लिङ भएर आउने बाटो निकै खराब भएकाले यहाँ ल्याएर क्लियरेन्स गर्न व्यवसायीहरूले नै चासो दिएका छैनन्। निजी कम्पनीले व्यवस्थापन लिएपछि यसमा चहलपहल बढ्ने अधिकारीहरुको विश्वास छ। 

images
images

काठमाडौं- चोभारमा रहेको सुख्दा बन्दरगाह व्यवस्थापन तथा सञ्चालनका लागि निजी कम्पनीलाई आह्वान गरिएको छ। इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि योग्य इच्छुक कम्पनीका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ।

images
images
images

इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले निर्माण गरेपछि सञ्चालन तथा व्यवस्थापनका लागि निजी कम्पनीलाई जिम्मा दिने गरेको छ। बन्दरगाह नियमन गर्ने बोर्डले प्रतिस्पर्धाबाट निजी कम्पनीलाई दिने गरेको छ। 

images
images

बोर्डले यसअघि वीरगञ्जमा २ वटा, विराटनगर, भैरहवा र तातोपानीमा निजी कम्पनी मार्फत् सञ्चालन गरिरहेको छ। त्यस्तै तातोपानीमा पनि सोही मोडलमा निर्माण तथा सञ्चालन गर्न लागेको हो। 

images
images

बोर्डको नियमावलीअनुसार निजी कम्पनीलाई आह्वान गरिएको बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। 

तीन वर्षको समय र ढेड अर्ब रूपैयाँ लागतमा तयार भएको चोभार सुक्खा बन्दगाह सञ्चालन भएको १६ महिनासम्म पनि आयात निर्यातको प्राथमिकतामा पर्न सकेको छैन। 

२०७८ सालको चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको बन्दरगाहमा अहिलेसम्म कन्टेनर भित्रिन सकेका छैनन्। देशको कुल आयातको ४० प्रतिशतभन्दा बढी काठमाडौंकै लागि हुने भनिए पनि आयात गर्ने व्यवसायीहरू चोभारसम्म सामान ल्याएर भन्सार क्लेरेन्स गराउन इच्छुक देखिएका छैनन्। 

वीरगञ्ज भन्सारमा धेरै चाप हुँदा ढिला हुने तर भन्सार क्लियरेन्स एकैपटक काठमाडौंमा मात्र गरे हुने भएकाले आयातकर्ताहरू आकर्षित हुने विश्वासका साथ सुरू भएको यो बन्दरगाह सञ्चालनमा आएको एक वर्ष बढी भएपनि सुनसान जस्तै देखिएको छ। 

चोभार सुख्दा बन्दरगाहले पर्याप्त बिजनेस नपाउनुका पछाडि मुख्य कारण भनेकै व्यापारको प्राविधिक पक्ष रहेको छ। कुनै पनि आयात गर्ने व्यवसायीले सीआईएफ वीरगञ्ज भन्सार कार्यालयसम्मका लागि मात्र जारी भएको हुन्छ। अर्थात् कुनै पनि कन्टेनर आउँदा नै वीरगञ्जसम्मका लागि हुन्छ। 

वीरगञ्जबाट काठमाडौं आउँदा मुग्लिन भएर आउने बाटो निकै खराब भएकाले यहाँ ल्याएर क्लियरेन्स गर्न व्यवसायीहरूले नै चासो दिएका छैनन्। निजी कम्पनीले व्यवस्थापन लिएपछि यसमा चहलपहल बढ्ने अधिकारीहरुको विश्वास छ। 

२२० रोपनी क्षेत्रफलमा निर्माण भएको चोभार सुक्खा बन्दरगाहमा पाँच सय कन्टेनर पार्किङको अधिकतम् क्षमता रहेको छ। काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण नहुँदासम्म कन्टेनर काठमाडौंमै जाँचपासका लागि जाने सम्भावना धेरै नरहेको अधिकारीहरू बताउँछन्। यदि द्रुतमार्ग निर्माण नहुने हो भने अहिलेकै अवस्थामा चोभार सुक्खा बन्दरगाह यही अवस्थामा सञ्चालनमा कठिन हुने निष्कर्ष निकालिएको छ। 

भन्सार बन्दरगाह राम्रोसँग नचलेपछि अहिले यसलाई दुई भागमा विभाजन गरिएको छ। भन्सार बन्दरगाहसँगै आन्तरिक टर्मिनल बनाएर गोदाम र पार्किङका लागि उपयोग गर्न मिल्ने बनाइएको छ। 


प्रकाशित : सोमबार, साउन ८ २०८००७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend