आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

मौद्रिक नीतिमाथि अर्थमन्त्री महतको प्रतिक्रिया : आउनुपर्ने जस्तो आयो 

images
सोमबार, साउन ८ २०८०
images
मौद्रिक नीतिमाथि अर्थमन्त्री महतको प्रतिक्रिया : आउनुपर्ने जस्तो आयो 

अर्थतन्त्रमा केही शिथिलता देखिएको भएपनि पछिल्लो समय तथ्यांकले सुधार देखाएको र सोही अनुसार ऋणको परिचालन पनि हुँदै जाने र यसका लागि मौद्रिक नीतिले मार्गदर्शन गरेको उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमाथि अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक प्रतिक्रिया दिएका छन्। 

images
images
images

रुपन्देहीमा पत्रकार भेटघाटाका अवसरमा बोल्दै महतले अहिलेको अववस्था अनुसारको मौद्रिक नीति आएको बताएका छन्। खुकुलो नीति आउनुपर्ने बताउँदै आएका महतले सार्वजनिक नीति खुकुलो नभएपनि लचिलो भएको बताएका छन्। 

images
images

परिस्थिति अनुसारका नीतिगत ढोकाहरू खोल्ने मामिलामा खुला र उदार रुपमा नीति आएको तर एकैपटक बाहिर भनिएजस्तो खुकुलो नीति थेग्न नसकिने अवस्था रहेको उनको भनाइ छ। 

images
images

अर्थतन्त्रमा केही शिथिलता देखिएको भएपनि पछिल्लो समय तथ्यांकले सुधार देखाएको र सोही अनुसार ऋणको परिचालन पनि हुँदै जाने र यसका लागि मौद्रिक नीतिले मार्गदर्शन गरेको उनको भनाइ छ। 


प्रकाशित : सोमबार, साउन ८ २०८००४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend