आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ज्यामिस्वाँरामा व्यावसायिक रेसम खेती

images
सोमबार, साउन ८ २०८०
images
ज्यामिस्वाँरामा व्यावसायिक रेसम खेती

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा कृषकले मिलेर समूहमार्फत रेसम खेती सुरू गरेका हुन्।

images
images

गोरखा- गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिकरुपमा रेसम किराको खेती गरिएको छ। 

images
images
images

गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेसम खेती कृषि समूहले रेसम किराको व्यावसायिक खेती गर्न सुरू गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए।

images
images

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूहमार्फत रेसम किराको खेती गर्न सुरू गरेको उनले बताए। 'पालिकाले समूहलाई रेसम किराको खेती गर्न सहयोग पुर्‍याउने उद्देश्यले फलामका ‘र्‍याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ', शाखा प्रमुख रोकाले भने, 'त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले गर्दै आएको छ।'

images
images

'पहिलोपटक उत्पादन थाल्दा पाँच किलो मात्र कोकुन उत्पादन भएको थियो', उनले भने, 'यसपटक ५० केजी उत्पादन हुने अनुमान गरिएको छ।' धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरू भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताए। धागो उत्पादन गरेर बिक्री गर्नसके प्रतिकेजी पाँच हजार रूपैयाँमा बिक्री हुनसक्ने उनको भनाइ छ।

फार्ममा यस पटक ६० हजार रेसम किरा हालिएको मनकामना रेसम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताइन्। 'किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरू गर्छ', उनले भनिन्, 'लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ।'

किरा राख्नुअघि घाँसको बगैँचा तयार गर्नसके महिनैपिच्छे किरा हालेर उत्पादन लिन सकिने उनले जानकारी दिइन्। 'रेसम किरा पाल्नका लागि फार्मलगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भए पनि हुन्छ', उनले भनिन्, 'घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ।'

करिब ७१ रोपनी जमिनमा घाँस उत्पादन राम्रो रहेको भए पनि बाँकी जमिनमा मल पुर्‍याउन नसक्दा घाँस राम्रो उत्पादन गतिलो हुन नसकेको उनको भनाइ छ।

समूहले रेसम किराको व्यावसायिक खेती गर्न सुरू गरेपछि एक पटक मात्र उत्पादन लिएको उनले जानकारी दिइन्। 'अब हुने उत्पादन यो दोस्रो पटक हो, पहिलोपटक अनुभव नहुँदा राम्रो आम्दानी लिन सकिएन', उनले भनिन्, 'यसपटक भने धेरै न ज्ञान प्राप्त भएको छ अब राम्रो हुन्छ भन्ने विश्वास छ।'

रेसम किराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थीसमेत आउने गरेको उनले बताइन्। 'विद्यार्थी बारम्बार रेसम किराको खेती हेर्न आउँछन्', उनले भनिन्, 'विद्यार्थी आउँदा कोकन काट्ने, पानीमा राखेर धागो निकाल्नका सिक्ने अवसर पनि यहाँबाट पाएका छन्।' बिग्रिएका कोकुन विद्यार्थीलाई सिक्नका लागि प्रयोग हुँदै आएको उनको भनाइ छ।

उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको उनले जानकारी बताइन्। 'हामीले उत्पादन गरे पनि समयमा बिक्री नहुँदा कोकनको तौल घट्ने गर्दछ', उनले भनिन्, 'भनेको समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनुपर्ने भएकाले तौल धेरै गर्ने भएकाले समस्या हुने गरेको छ।'

यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०/३५ केजी अनुमान गरिएको कोकुन घटेर आठ केजी मात्र भएको उनले दुःखेसो गरिन्। गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दै आएको जनाएको छ। रासस


प्रकाशित : सोमबार, साउन ८ २०८००४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend