आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एक वर्षमा थपियो २ खर्ब सार्वजनिक ऋण 

 एक वर्षमै १० प्रतिशतले बढ्यो ऋण 

images
आइतबार, साउन ७ २०८०
images
एक वर्षमा थपियो २ खर्ब सार्वजनिक ऋण 

गत आर्थिक वर्षमा नेपाल सरकारले २ खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख आन्तरिक ऋण उठाएको छ। सरकारले लक्ष्यभन्दा २३ लाख रुपैयाँ न्यून आन्तरिक ऋण उठाएको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सार्वजनिक ऋण २ खर्ब रुपैयाँभन्दा बढीले थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्म कूल सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। 

images
images
images

नेपालको सार्वजनिक ऋणको इतिहासमा पहिलोपटक वैदेशिकभन्दा आन्तरिक ऋण भएको छ। कार्यालयका अनुसार हाल ११ खर्ब २८ अर्ब ३२ करोड आन्तरिक ऋण र १० खर्ब ९३ अर्ब ३४ करोड वैदेशिक ऋण पुगेको छ। 

images
images

अघिल्लो वर्षको अन्त्यसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो। यसमा गएको आर्थिक वर्ष नेपाल सरकारले कूल ३ खर्ब ५८ अर्ब ११ करोड ऋण लिएको थियो। सो अवधिमा कूल १ खर्ब ४९ अर्ब ७३ करोड सावाँ भुक्तानी गरेको छ। 

images
images

लिएको ऋण थपेर तिरेको ऋण घटाउँदा गएको वर्ष खुद ऋण २ खर्ब ८ अर्ब ३८ करोड थपिएको हो। 

गत आर्थिक वर्षमा नेपाल सरकारले २ खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख आन्तरिक ऋण उठाएको छ। सरकारले लक्ष्यभन्दा २३ लाख रुपैयाँ न्यून आन्तरिक ऋण उठाएको छ। 

‍वैदेशिक ऋण भने सरकारले जम्मा १ खर्ब २ अर्बमात्र परिचालन गरेको छ। 

गत वर्ष सरकारले १ ख्ब १५ अर्ब आन्तरिक ऋणको सावाँ भुक्तानी गरेको छ भने ३४ अर्ब ६१ करोड वैदेशिक ऋणको सावाँ भुक्तानी गरेको छ। 


प्रकाशित : आइतबार, साउन ७ २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend