आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दार्चुलामा लम्पी स्किन संक्रमणबाट ११ सय पशुचौपाया मरे, ३३ हजार संक्रमित

images
आइतबार, साउन ७ २०८०
images
दार्चुलामा लम्पी स्किन संक्रमणबाट ११ सय पशुचौपाया मरे, ३३ हजार संक्रमित

लम्पी स्किन रोगको संक्रमण फैलिन नदिन गोठ वरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनुपर्ने पशु विज्ञहरूको भनाइ छ।

images
images

खलंगा- ‘लम्पी स्किन’ रोगको संक्रमणबाट दार्चुलामा हालसम्म ११ सय ६९ पशुचौपाया मरेका छन्।

images
images
images

लम्पी स्किनको संक्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए।

images
images

उनका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा एक सय ४३ बाच्छाबाच्छी, तीन सय ७८ गाई, छ सय २२ गोरु र २६ भैँसी मरेका छन्। त्यस्तै चार हजार नौ सय ५१ बाच्छाबाच्छी, १४ हजार दुई सय ९५ गाई, १३ हजार सात सय पाँच गोरु र तीन सय ६९ भैँसी संक्रमित भएका छन्।

images
images

लम्पी स्किन विशेषगरी गोरु साना बाच्छाबाच्छी, गाई र भैँसीमा बढी देखापरेको छ। यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि दार्चुलाका किसान चिन्तित बनेका छन्। 'रोग निकै फैलिएको छ, पशु चौपायाले समयमै उपचार पाएका छैनन्, गाउँमा अहिलेसम्म कुनै पनि पशु प्राविधिक आएका छैनन्', दुई दिनअघि एक हल गोरु र एउटा लैनो भैँसी मरेको भन्दै शैल्यशिखर नगरपालिका-६ का किसान राम धामीले गुनासो गरे।

भेटेरिनरी अस्पताल दार्चुलाका पशु विकास अधिकृत दिगम्बर जोशीका अनुसार झिँगा, भुसुना, लामखुट्टे र विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको संक्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने लक्षण देखा पर्छन्।

यो रोगको खोप भर्खरै नेपालमा आइपुगेको भए पनि सुदूरपश्चिममा पुग्न केही समय लाग्ने जोशीले बताए। जैविक सुरक्षामा ध्यान दिएन भने यसले झन विकराल समस्या देखिन सक्ने उनको भनाइ छ।

यो रोगको संक्रमण फैलिन नदिन गोठ वरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनुपर्ने पशु विज्ञहरूको भनाइ छ। रासस


प्रकाशित : आइतबार, साउन ७ २०८०१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend