आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एकैपटक २६ सहसचिवको सरुवा, को कहाँ पुगे?

images
आइतबार, साउन ७ २०८०
images
एकैपटक २६ सहसचिवको सरुवा, को कहाँ पुगे?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

images
images

काठमाडौं- सरकारले एकैपटक २६ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो।

images
images
images

जसमा राष्ट्रिय किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका रहेका सहसचिव प्रदीप राज अधिकारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

images
images

यसैगरी ध्रुबराज पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

images
images

यसैगरी नुरहरी खतिवडा आदिवासी जनजाति आयोग,जाजरकोटको सीडीओबाट राजकुमार महतो संघीय मामिला मन्त्राल्य र अस्मान तमाङ अख्तियार दुरुपयोग आयोग, तिर्थराज  भट्टराईलाई श्रम,रोजगार तथा यातायात मन्त्रालय बागमति प्रदेश, ज्ञानु राज सुवेदीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, चकवर्ती कण्ठलाई शहरी विकास मन्त्रालय, यमलाल भुसाललाई राष्ट्रिय योजना आयोग, सुनिल पौडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेश, अमृत श्रेष्ठलाई भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश, रामकृष्ण पुडासैनीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेस प्रदेश र इन्दु घिमिरेलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी रामकृष्ण लामिछानेलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, रमेश कुमार सिंहलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश, मोहनराज चापागाईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,श्याम कृष्ण थापालाई पोखरा महानगरपालिका, वीरेन्द्रदेव भारती ललितपुर महानगरपलिका, गणेश अर्याललाई गृह मन्त्रालय, नारायण प्रसाद भट्टराईलाई यातायात व्यवस्था विभागबाट गृहमन्त्रालय, भिष्मकुमार भुसाललाई सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, शंकर प्रसाद पण्डितलाई शहरी विकास मन्त्रालय, निराजन घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेश, नविन राज सिंहलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अरुण कुमार झालाई खानेपानी, सिचाई तथा उर्जा मन्त्रालय कोशी प्रदेशमा सरुवा गरिएको छ।


प्रकाशित : आइतबार, साउन ७ २०८०१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend