आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

म्याग्दीमा १३ पक्की पुल निर्माण

images
आइतबार, साउन ७ २०८०
images
म्याग्दीमा १३ पक्की पुल निर्माण

म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन्।

images
images

गलेश्वर- म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र संघ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्। 

images
images
images

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। उनका अनुसार छ पुल निर्माण सम्पन्न भइ यातायातका साधन सञ्चालन भइसकेका छन्।

images
images

अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन्।

images
images

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा ११ करोड २४ लाख २५ हजार ५२ रूपैयाँ लागतमा निर्माण भएको पुलबाट यातायातका साधन सञ्चालन भइरहेका छन्। विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो। कोरोना संक्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। पुल ८० मिटर लम्बाइको छ।

त्यस्तै, १० करोड ७२ लाख १२ हजार रूपैयाँ लागतमा बेनी नगरपालिका-४ सिंगादेखि मंगला गाउँपालिका-३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ। उक्त पुलको लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका-७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ। भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग छ करोड २४ लाख २३ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। पश्चिम म्याग्दीको मालिका-५ र धौलागिरि-७ को सिमाना दाङखोलामा एक करोड ९३ लाख रूपैयाँमा पक्की पुल निर्माण भएको छ। उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो।

बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा दुई करोड ७२ लाख रूपैयाँमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो। म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन्। अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका-६ का प्रेम सिउथानीले बताए। गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ। रासस


प्रकाशित : आइतबार, साउन ७ २०८००८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend