आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

वन मन्त्रालयका ८ सहसचिवको सरुवा

images
आइतबार, साउन ७ २०८०
images
वन मन्त्रालयका ८ सहसचिवको सरुवा

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे-तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा सिन्धुप्रसाद ढुंगानालाई सरुवा गरिएको छ।

images
images

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ।

images
images
images

वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई  सरुवा गरिएको छ। उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिएपछि महानिर्देशक पद रिक्त थियो। सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ।

images
images

यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे-तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा सिन्धुप्रसाद ढुंगानालाई सरुवा गरिएको छ। निकुञ्ज विभागका महानिर्देशक डा महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंगानालाई मन्त्रालयमा सरुवा गरिएको छ।

images
images

मन्त्रालयका प्रवक्तासमेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे-तराई मधेस संरक्षण विकास समितिको सदस्य-सचिवमा सरुवा गरिएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ। रासस


प्रकाशित : आइतबार, साउन ७ २०८००६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend