आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

म्याग्दी नदीको पानी बेनीमा वितरण गरिँदै

images
शनिबार, साउन ६ २०८०
images
म्याग्दी नदीको पानी बेनीमा वितरण गरिँदै

आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि ४२ लाख ८१ हजार आठ सय २० रूपैयाँको लागतमा दुई लाख लिटर क्षमताको ट्याङकी निर्माण गरेको थियो। आयोजनाको हाल एक लाख लिटर क्षमताको एउटा र दुई लाख लिटर क्षमताको दुईवटा रिजर्भ ट्यांकी छन्।

images
images

म्याग्दी- म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ। खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो।

images
images
images

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपूर्तिका लागि म्याग्दी नदीबाट ‘लिफ्टिङ’ गर्न थालिएको जानकारी दिए। 'लिफ्ट खानेपानी योजनाको परीक्षण सफल भएको छ', उनले भने, 'म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणका लागि लोडसेडिङ गर्नुपर्ने समस्या हटेको छ।'

images
images

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौंको एएम प्याराडाइजसँग दुई करोड ४६ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

images
images

म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत्, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताए। 'अठार महिनाको ठेक्का अवधि हो', पानी शुद्धीकरण गर्ने पलान्ट निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले छ महिना म्याद थपिएको छ', उनले भने, 'अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौँ।'

बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट्यांकीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालेको जनाएको। बेनी-नगरपालिका-२ हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनारभित्र तीन वटा विद्युतको सहायताले चल्ने पानी तान्ने समसिवल पम्प राखिएको छ।

इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्यांकीसम्म पानी पुर्‍याउन करिब नौ सय मिटर चार इञ्चको पाइप जडान गरिएको आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए।

'हाल दुई वटा पम्पबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको छ', उनले भने, 'तीनवटै पम्प चलाउँदा प्रतिसिकेण्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिन्छ।' आयोजनामार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइसकेको छ। ५.९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धी गर्ने गर्ने फिल्टर प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। नयाँ प्रविधिको सेडिमेशन र सो सान्डफिल्टर ट्यांकी बनाउन लागिएको हो।

आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि ४२ लाख ८१ हजार आठ सय २० रूपैयाँको लागतमा दुई लाख लिटर क्षमताको ट्याङकी निर्माण गरेको थियो। आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी छन्।

मुहानबाट ट्यांकीमा संकलन हुने पानी शुद्धीकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको हो। बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रतिसेकेण्ड ३३ लिटरका दरले पानी आपूर्ति हुने क्षमता छ।

दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी वितरण गरिँदै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर विकले बताए। २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपूर्ति हुने पानी पहिरो र निर्माणाधीन बेनी-जोमसोम सडकका कारण प्रभावित भएको थियो। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend