आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नवलपुरमा ६ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किन संक्रमण, चारसय गाईभैँसी मरे 

images
शनिबार, साउन ६ २०८०
images
नवलपुरमा ६ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किन संक्रमण, चारसय गाईभैँसी मरे 

जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको केन्द्रका प्रमुख पशु चिकित्सक डा ऋषभ गुरागाईंले बताए।

images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया संक्रमित भएका छन्। जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। 

images
images
images

केन्द्रका प्रमुख पशु चिकित्सक डा ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए। 'जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ', उनले भने, 'लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ।' 

images
images

उनले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको संक्रमणदर उच्च रहेको बताए। कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशुचौपाया मरेका जनाउँदै डा चापागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट संक्रमित भएका बताए।

images
images

मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी संक्रमित भएका उनले जानकारी दिए। चापागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६४ गाईभैँसीको मृत्यु हुँदा पाँच सय ८१ संक्रमित भएका छन्।

यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा एक हजार एक सय ९० गाईभैँसी संक्रमित तथा २२ को मृत्यु भएको उनले बताए। बौदिकाली गाउँपालिका एक सय ८४ गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको उल्लेख गर्दै पशु चिकित्सक चापागाईंले ३६ गाईभैँसीको मृत्यु भएको बताए।

गैँडाकोट नगरपालिकामा लम्पी स्किनबाट २१ गाईभैँसीको मृत्यु हुनुका साथै चार सय २३ संक्रमित, हुप्सेकोट गाउँपालिकामा १४ पशुको मृत्यु तथा तीन सय ३१ संक्रमित एवं बुङिलटार गाउँपालिकामा आठ गाईभैँसीको मृत्यु तथा एक सय २२ संक्रमित भएका उनले जानकारी दिए।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप वितरण गरेको छ। लम्पी स्किन रोग न्यूनीकरण एवं रोकथामका लागि ६ हजार भ्याक्सिन खरिद गरेर स्थानी तहमा पठाइएको कार्यालय प्रमुख पशु चिकित्सक डा चापागाईंले बताए।

संक्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैलेसमेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएको उनले जानकारी दिए।

देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किनबाट नवलपुरमा गाई, भैँसी, गोरु र राँगा प्रभावित भएका छन्। पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिकासँग छलफल, सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रसारण एवं किसानलाई परामर्श गरिरहेको डा चापागाईंले बताए। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend