आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पाइपबाट पानी ल्याएर घट्ट सञ्चालन

images
शनिबार, साउन ६ २०८०
images
पाइपबाट पानी ल्याएर घट्ट सञ्चालन
फाइल तस्बिर

घट्ट निर्माणपछि गाउँका एक सय ६२ घर परिवार लाभान्वित भएका छन्।

images
images

रुकुम (पश्चिम)- प्रायजसो पानीघट्ट खोला वा नदी किनारामा हुने गर्छन्। बाँफीकोट गाउँपालिकाको एउटा गाउँमा भने साढे तीन किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको छ।

images
images
images

बाँफीकोट-५ माथिल्लो काँडामा तीन किमी टाढाबाट पानी ल्याएर गाउँमा घट्ट सञ्चालन गरिएको हो। 'गाउँका मान्छेलाई सधैँ घट्टमा पिसानी गर्ने पिरलो हुने गर्दथ्यो, परिवारको एउटा सदस्यले अन्न पिसानी गर्न जाँदा एक दिनकै समय छुट्याउनु पर्ने हाम्रो समस्या थियो', स्थानीय भक्तबहादुर केसीले भने।

images
images

अब भने दुःखका दिन गएको उनको भनाइ छ। 'गाउँमै घट्ट निर्माण भएको छ, गाउँमै निर्माण भएको घट्टमा अन्न पिसाउन पाउँदा गाउँले पनि निकै खुसी छन्', केसीले भने। गाउँमा घट्ट निर्माण नहुँदासम्म माथिल्लो काँडाका मान्छे अन्न पिसानीकै लागि निकै टाढा डार्ने, तिलिचा खोला, खारखोलालगायत ठाउँमा जाने गर्थे। 

images
images

उनका अनुसार टाढाको ठाउँमा अन्न पिस्न जाँदा पनि त्यहाँ अन्न पिस्न पालो नै नआउने समस्या पनि उत्तिकै हुन्थ्यो। दिनभरको समय नै छुट्याएर घट्ट जाँदाका दुःखका दिन अहिले पनि संगीता केसीलाई सम्झना आउँछ। 

प्रदेश सरकारको १५ लाख, मारपूजा सामुदायिक वन उपभोक्ता समितिको दुई लाख र स्थानीयको तीन लाख रूपैयाँ बराबरको लगानीमा गाउँमा घट्ट सञ्चालनका लागि पानी ल्याइएको छ। वडाकै गारकटेरा मुहानबाट गाउँसम्म पाइपमार्फत पानी ल्याइएको स्थानीय ध्रुवराज केसीले बताए।

घट्ट सञ्चालन गर्ने योजना लामो समयदेखि बनाइए पनि यस वर्ष भने त्यो योजना पूरा भएको उनले बताए। घट्ट निर्माणपछि गाउँका एक सय ६२ घर परिवार लाभान्वित भएका छन्। साथै घट्ट सञ्चालनका लागि ल्याइएको पानीलाई गाउँमा खानेपानीका लागि पनि वितरण गरिएको छ।

दिनमा घट्ट सञ्चालन गरिसकेपछि रातिको समयमा गाउँमा पानी वितरण गर्ने ट्यांकीमा भण्डारण गर्ने गरिएको छ। त्यही पानी गाउँमा खानका लागि धारामा छाडिन्छ। पाइपबाट आएको पानी पिउन लायक रहेको वडाध्यक्ष मनु शाहीले जानकारी दिए। 

पानी ठूलो भएका कारण पनि घट्ट चलाउने, सिँचाइ र खानेपानीका लागि उक्त पानीलाई प्रयोग गरिरहेको वडाध्यक्ष शाहीले बताए। काँडामा सधैँजसो पानीको समस्या हुने गर्छ। अब भने यस वर्षदेखि गाउँमा खानेपानीको समस्या नहुने उनले बताए। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend