आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

गण्डकीमा एक वर्षमा १७४ किमी सडक कालोपत्र, १२ वटा झोलुंगे पुल निर्माण

images
शनिबार, साउन ६ २०८०
images
गण्डकीमा एक वर्षमा १७४ किमी सडक कालोपत्र, १२ वटा झोलुंगे पुल निर्माण

गण्डकीमा यो वर्ष ३० लाख रूपैयाँभन्दा कम बजेटका टुक्रे योजना कटौती गरिएको छ। पहिलो चौमासिकमा ठेक्का प्रक्रिया थाल्ने, बहुवर्षीय आयोजनालाई प्राथमिकता र अधुरा रहेका समस्याग्रस्त आयोजनालाई पूर्णता दिन केन्द्रित हुन मातहतका कार्यालयलाई निर्देशन दिइएको छ।

images
images

म्याग्दी- गण्डकी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुंगे पुल निर्माण भएको छ।

images
images
images

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९/८० मा थप चार वटा सरकार भवन निर्माण भएका छन्। मन्त्रालयले गत वर्ष समग्रमा ५७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। गण्डकीमा गत वर्षदेखि निर्माण भएका सडकको दिगो प्रयोग र मर्मत सम्भारका लागि हेरालु राख्न थालिएको छ।

images
images

गण्डकीमा गत आवको सहित प्रदेश सरकारले ६६८ किलोमिटर सडक कालोपत्र, ५९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुंगे पुल निर्माण भएको हो। नयाँ आर्थिक वर्षमा थप ३०० किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुंगे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ। 

images
images

यसपालि ३० लाख रूपैयाँभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेको मन्त्रालयले पहिलो चौमासिकमा ठेक्का प्रक्रिया थाल्ने, बहुवर्षीय आयोजनालाई प्राथमिकता र अधुरा रहेका समस्याग्रस्त आयोजनालाई पूर्णता दिन केन्द्रित हुन मातहतका कार्यालयलाई निर्देशन दिएको छ।

गत वर्ष चुनाव, तीन पटक सरकार र मन्त्रालयको नेतृत्व परिवर्तन हुनु तथा अस्वस्थ प्रतिस्पर्धा गरेर आयोजनाको ठेक्का पारेका निर्माण व्यवसायी व्यावसायिक नहुनुजस्ता कारणले अपेक्षाकृत बजेट खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ।

दरबन्दी अनुसारका जनशक्तिको कमी, भएका जनशक्ति पनि अधिकांश करारका हुनु, टुक्रे योजना धेरै हुनु, ठूला आयोजनामा पर्याप्त बजेट नहुनु गण्डकीमा पूर्वाधार निर्माणका योजना कार्यान्वयनमा देखिएका चुनौती हुन्। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend