आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बाँकेमा एक वर्षमा १६० उद्योग बन्द, नयाँ दर्ता पनि घट्यो

images
शनिबार, साउन ६ २०८०
images
बाँकेमा एक वर्षमा १६० उद्योग बन्द, नयाँ दर्ता पनि घट्यो

बाँकेमा नयाँ उद्योग दर्ता गर्नेको संख्या पनि गत आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा आठ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए।

images
images

राँझा- बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन्।

images
images
images

कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए। उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन्। उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ।

images
images

कोभिड-१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन्। कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उनको भनाइ छ।

images
images

जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको संख्या पनि गत आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा आठ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए।

उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ तीन सय ६५, उत्पादनमूलक एक सय ४०, पर्यटनसम्बन्धी एक सय ३२ र सेवामूलक दुई सय ३९ गरी कुल आठ सय ७६ उद्योग दर्ता भएका छन्। 

गत आवमा तीन सय १४ उद्योग नवीकरण भएका बुढाथोकीले बताए। नयाँ उद्योग दर्ता तथा नवीकरणबापत ८५ लाख ३० हजार एकसय ५० रूपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend