आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

झारले कुरुप बन्दै फेवाताल, १० ट्रक जलकुम्भी निकालियो

images
शनिबार, साउन ६ २०८०
images
झारले कुरुप बन्दै फेवाताल, १० ट्रक जलकुम्भी निकालियो

फेवातालमा जलकुम्भी झार समस्याका रुपमा देखापरेको १२ वर्ष भइसकेको छ। झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्।

images
images

लेखनाथ- पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्। प्रत्येक वर्षको बर्सातको समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न संघसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन् । 

images
images
images

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी संघसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी झार बाहिर निकालिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए।

images
images

जलकुम्भी झारकै कारण फेवातालमा पर्यटकलाई डुंगा सयर गर्न र तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जानका लागि समस्या परेपछि प्रत्येक हप्ता विभिन्न संघसंस्थाको संयोजनमा तालको जलकुम्भी झार हटाउने कार्य भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

images
images

आज जलकुम्भी झार हटाउने कार्यको शुभारम्भ गर्दै प्रमुख आचार्यले पोखराको सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र फेवातालमा बर्सातको समयमा फैलिने जलकुम्भी झारलाई व्यवस्थापन गर्न बायोग्यास कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भएको जानकारी दिए।

नेपाल पर्यटक तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का दुई सय विद्यार्थीले फेवातालको जलकुम्भी झार ताल बाहिर निकालेका थिए। फेवातालमा जलकुम्भी झार समस्याका रुपमा देखापरेको १२ वर्ष भइसकेको छ। रासस


प्रकाशित : शनिबार, साउन ६ २०८००७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend