मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

रोयल इनफिल्डको नक्साल सर्भिस सेन्टर : प्राविधिक र सेवामा उत्कृष्ट

शुक्रबार, साउन ५ २०८०
रोयल इनफिल्डको नक्साल सर्भिस सेन्टर : प्राविधिक र सेवामा उत्कृष्ट

सामान्य अवस्थामा सर्भिसिङ गराउन आउनेहरुले २ घण्टामा सर्भिस पाउँछन्। तर यसमा बुकिङ गरेर आउने, इमर्जेन्सी पर्नेहरुका लागि प्राथमिकता दिएर सेवा प्रधान गरिँदै आएको कम्पनीले जनाएको छ। 

काठमाडौं- रोयल इनफिल्डको उत्कृष्ट सुविधासहितको शोरुम तथा सर्भिस सेन्टर नक्सलमा सञ्चालित छ। रोयल इनफिल्डको आधिकारिक बिक्रेता बनेसँगै अल्फा अटोमोटिभले स्टेट-अफ द आर्ट कन्सेप्ट तथा प्रविधिसहितको शोरुम तथा वर्कशपमार्फत सेवा उपलब्ध गराइरहेको छ। 

नेपालमै मोटरसाइकल एसेक्बलसमेत गरिरहेको अल्फा अटोमोटिभले चालु आवको बजेटमार्फत मोटरसाइकलको मूल्य घटाएको थियो। त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले रोयल इनफिल्डको आधिकारिक बिक्रेता पाएसँगै बजारमा आक्रमक रुपमा प्रस्तुत भइरहेको छ। 

अल्फा अटोमोटिमले काठमाडौंको नक्सालपछि ललितपुरको बालकुमारीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। नक्सालको सर्भिस सेन्टर अल्फाको पहिलो आधिकारिक सर्भिस सेन्टर हो। त्यसपछि कम्पनीले रोयल इनफिल्डका मोटरसाइकलको सर्भिसको लागि बालकुमारीमा दोस्रो आधिकारिक सेन्टर सञ्चालनमा ल्याएको थियो। 

re3.jpg
नक्साल शोरुमको कस्टुमर लाउन्ज।

अन्य स्थानमा पनि कम्पनीद्वारा अथोराइज गरिएका सर्भिस सेन्टरहरू सञ्चालनमा रहेका छन्। आधिकारिक सर्भिस सेन्टरमा वासिङ कर्मचारी, टेक्निसियन, सर्भिस एड्भाइजर, वारेन्टी इन्चार्ज, सर्भिस इन्चार्जसहित तालिम प्राप्त र अनुभवि जनशक्ति रहेको कम्पनीले जनाएको छ। नक्सालमा रोयल इनफिल्डको शोरुममा अलावा सम्पूर्ण सुविधासहितको सर्भिस सेन्टर, कस्टुमर लाउन्सलगायत सुविधाहरू छन्। 

रोयल इनफिल्डका सर्भिस सेन्टरमा सर्भिसिङ गराउन जाने उपभोक्ताको मोटरसाइकल सुरुमा एडभाइजरले मोटरसाइकल बारे जानकारी लिन्छ। त्यसपछि टेक्निसियनहरूले टेस्ट राइड गर्छन्। उपभोक्ताले आफ्नो मोटरसाइकलमा के भएको हो त्यो भन्छन् र टेक्निसियनले टेस्ट गरेकोबाट के के समस्या छ भन्ने थाहापाउन कोशिस गर्छन्। 

दुवैको रायका आधारमा के कस्तो समस्या छ र त्यो बनाउन लाग्ने अनुमानित लागतबारे पनि त्यही बताइने गरिएको छ। सोही आधारमा उक्त मोटरसाइकलको सर्भिस प्रक्रिया सुरु गरिने रोयल इनफिल्डको वर्कशप म्यानेजर इन्जिनियर प्रज्वल लामिछानेले बताए। ‘त्यसपछि हामीले उक्त मोटरसाइकललाई नर्मल वास गर्छौं। यसो गर्दा मोटरसाइकल मर्मतको काम गर्दा फोहर पर्ने र थप समस्या हुने सम्भावना हुन्छ,’ उनले भने, ‘कुन काम गर्नुपर्ने हो इन्जिनको हो वा सामान्य काम हो त्यो पहिचान गरेर क्यापेवल टेक्निसियनले सर्भिसिङको काम गर्छन्।’ 

काम गर्नेक्रममा केही थप समस्या आयो वा ठूलै सामान फेर्नुपरेमा टेक्निसियनहरूले मोटरसाइकल धनीलाई सम्पर्क गरेर त्यसबारे जानकारी गराएरमात्र काम अघि बढाउने गरिएको लामिछानेले बताए। उपभोक्तालाई सबैकुरा बताएर सकेसम्म पारदर्शी काम गर्ने प्रयास गरिएको उनको भनाइ छ। 

re 2.jpg
डेसिबल मिटरको सहायताले इन्जिनको आवाज परीक्षण गरिँदै।

सर्भिसिङ र मर्मतको सबैका सकिएपछि सुरुमा टेस्ट राइड गरेका टेक्निसियनबाट पुनः टेस्ट राइड गराएर समस्या समाधान भए नभएको परीक्षण गर्ने व्यवस्था गरिएको इन्जिनियर लामिछानेले बताए। ‘टेस्ट राइडलगायत सबै प्रक्रिया सकिएपछि वासिङ गरेर सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्छौं,’ उनले भने। 

नक्सालमा रहेको सर्भिस सेन्टरमा ४ वटा सर्भिस वेहरू छन्। इन्जिनको काम गर्ने, मर्मत गर्ने तथा वास गर्नेलगायत अगल अलग ठाउँहरू छन्। ‘रोयल इनफिल्डको सर्भिस सेन्टरमा ५ वर्षभन्दा बढी अनुभव भएका प्राविधिक तथा अन्य कर्मचारीहरू छन्’ लामिछानेले भने, ‘सर्भिसिङकै कुरा गर्दा रोडल इनफिल्डको सर्भिसमा ट्यांकरको पानी प्रयोग गरिएको छ। यसले क्लालिटीको सर्भिस प्रदान गर्न मद्दत गरेको छ।’ 

सामान्य अवस्थामा सर्भिसिङ गराउन आउनेहरूले २ घण्टामा सर्भिस पाउँछन्। तर यसमा बुकिङ गरेर आउने, इमर्जेन्सी पर्नेहरूका लागि प्राथमिकता दिएर सेवा प्रधान गरिँदै आएको कम्पनीले जनाएको छ। 
 
रोयल इनफिल्डका मोटरसाइकलमा अल्फाले ४ वटासम्म निःशुल्क सर्भिस दिएको छ। जसमा पहिलो सर्भिस ४५ दिन वा ५०० किलोमिटरको रहेको हुन्छ। दोस्रो सर्भिस ५ हजार किलोमिटर वा ५ महिनाको हुन्छ। ४ वटा सर्भिसपछि ३ हजार किलोमिटर कुदेपछि सर्भिस गराउनु मोटरसाइकललाई मेन्टेन राख्न सहयोगी हुन्छ।  

रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरमा वाइफाइ, रिफ्रेसमेन्टसहित आरामदायी बस्ने सुविधा उपलब्ध छ। अल्फा अटोमोटिभले रोयल इनफिल्डका मोटरसाइकलको पार्टस सहजै उपलब्ध गराउँदै आएको छ। कुनै पार्टस् सकिएको भएपनि सक्दो छिटो उपलब्ध गराउने गरेको छ। 

कम्पनीले आफ्नो सुविधा र दिँदै आएको सेवामा कुनै कमीकमजोरी भएमा उपभोक्ताबाट फिडब्याक लिने र त्यसका आधारमा सुधार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

re4.jpg
re5.jpg


प्रकाशित : शुक्रबार, साउन ५ २०८०१०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend