मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

साउन ८ देखि  टाटा मोटर्स शोरूममा जुनसुकै गाडी ल्याएर विद्युतीय कार लान सकिने

'मनसुन म्याजिक' सुरु हुँदै, एक सातासम्म चल्ने

शुक्रबार, साउन ५ २०८०
साउन ८ देखि  टाटा मोटर्स शोरूममा जुनसुकै गाडी ल्याएर विद्युतीय कार लान सकिने

साउन ८ गतेदेखि एक साताभरि काठमाडौंलगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरु मा 'मनसून म्याजिक' विशेष एक्सचेन्ज क्याम्प सञलन हुँदैछ। 

काठमाडौं- अहिले नेपाली बजारमा ईभी गाडीप्रति ग्राहकहरूको चासो बढिरहेको छ। तुलनात्मक रुपमा ईभी गाडीहरूको बिक्री पनि त्यहि क्रममा बढिरहेको छ। 

प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा इन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरू विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ। ग्राहकका यही मागलाई ध्यानमा राखेर साउन ८ गते सोमबारदेखि सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरूमा मनसुन म्याजिक नाम दिइएको एक्सचेन्ज क्याम्प सुरु हुने भएको छ।

उक्त कार्यक्रमका प्रमुख विशेषताहरूमा जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन ईभीसँग साट्न सकिने, एकै ठाउँबाट गाडीको मूल्यांकन, न्यूनतम चार लाखको गाडी मूल्यांकन, एकै ठाउँमा इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फ़ाइनान्सिङको सुविधा उपलब्ध हुनेछ। 

त्यस्तै गाडी सम्बन्धि दक्ष परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार, निशुल्क गाडीको थप एक्सेसोरिज उपलब्ध गराइने सिप्रदी जनाएको छ। 

साउन ८ गतेदेखि एक साताभरि काठमाडौंलगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरू मा 'मनसून म्याजिक' विशेष एक्सचेन्ज क्याम्प सञलन हुँदैछ। 

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरूको पनि सहभागिता हुनेछ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ। चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधासाथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरू पनि पाइनेछ।

यो कार्यक्रम सीमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरूमा मात्र लागु गरिएको छ। थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सकिनेछ वा फोन बाट पनि सम्पर्क गरी बुझ्न सकिने छ। 


प्रकाशित : शुक्रबार, साउन ५ २०८००९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend