आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ५ २०८०
images
चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज

चितवनमा संघ र प्रदेशको कुल बजेट २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार थियो। २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार खर्च भएको छ।

images
images

भरतपुर- चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ। 

images
images
images

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा २ अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो। संघतर्फको ९ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये ६ अर्ब ६९ करोड २१ लाख १७ हजार ९ सय ९९ को वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ।

images
images

चितवनमा आर्थिक वर्ष २०७९/८० मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ। संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमध्येबाट ४ अर्ब ८४ करोड ३८ लाख ४१ हजार खर्च हुन नसकेर फिर्ता भएको हो। कार्यालयका अनुसार जिल्लामा संघ र प्रदेश सरकारको पुँजीगत बजेट १३ अर्ब सात करोड २० लाख २८ हजार विनियोजन भएको थियो। त्यसमध्ये ९ अर्ब ३७ करोड सात लाख ५३ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मुक्तिप्रसाद चापागाईंले जानकारी दिए।

images
images

संघीय सरकारबाट चितवनका लागि ९ अर्ब २३ करोड ७५ लाख ५३ हजार पाँच सय १७ पुँजगत बजेट विनियोजन भएको थियो। त्यसमध्ये ६ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ मात्र खर्च हुन सकेको चापागाईँले बताए । यसरी संघको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ।

चितवनमा संघ र प्रदेशको कुल बजेट २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार थियो। २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार खर्च भएको छ। यसरी हेर्दा ८३ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ। चालुतर्फ खर्च बढी हुँदा समग्रमा वित्तीय प्रगति सन्तोष जनक देखिएको हो।

चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो। यसको वित्तीय प्रगति पनि राम्रो छ। संघ र प्रदेशको चालु बजेट १६ अर्ब २५ करोड ८१ हजार थियो। संघतर्फ चालु बजेट १४ अर्ब २० करोड चार लाख ६४ हजार पाँच सय ८२ थियो। संघतर्फको चालु खर्च ९५ प्रतिशत छ। १३ अर्ब ४४ करोड ४० लाख ७४ हजार खर्च भएको छ। 

संघतर्फको चालु खर्च सबैभन्दा बढी विपी कोइराला क्यान्सर अस्पतालको हुन सकेको छैन। अस्पतालमा कार्यकारी नहुँदा वैशाखदेखि त्यहाँका कर्मचारीले तलब पाएका छैनन्। तीन करोड हाराहारीमा अस्पतालको चालुतर्फको रकम फ्रिज भएर फिर्ता भएको छ। प्रदेशतर्फको चालु बजेट दुई अर्ब पाँच करोड तीन लाख थियो। त्यसमध्ये एक अर्ब ६७ करोड २१ लाख खर्च भएको छ।

चितवनमा संघतर्फ चालु र पुँजीगत गरी कुल बजेट २३ अर्ब ४३ करोड ८० लाख १४ हजार थियो। त्यसमध्ये २० अर्ब १३ करोड ६१ लाख ९२ हजार खर्च भएको छ। पुँजीगत र चालुतर्फको बजेट हेर्दा वित्तीय प्रगति सन्तोषजनक रहेको चापागाईँले बताए। 'संघको चालु खर्च ९४ प्रतिशत भएको छ, पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ, यसरी समग्रमा ८५ दशमलव ९१ प्रतिशत खर्च भएको छ', उनले भने। रासस


प्रकाशित : शुक्रबार, साउन ५ २०८००७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend