आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

कहिले उठ्छ काठमाडौं महानगरको फोहर?

images
बिहीबार , साउन ४ २०८०
images
कहिले उठ्छ काठमाडौं महानगरको फोहर?

अझै चार/पाँच दिनसम्म फोहर उठ्ने सम्भावना नरहेको काठमाडौं महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले बताए।

images
images

काठमाडौं- स्थानीय बासिन्दासँग सहमति नहुन्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ। महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए।

images
images
images

'यही साउन १ गतेदेखि महानगरपालिका फोहर उठेको छैन, अझै चार/पाँच दिनसम्म उठ्ने सम्भावना छैन', उनले भने, 'कि मान्छे हटाऊ, कि फोहर हटाऊ भन्ने त्यहाँका स्थानीय बासिन्दाको मुख्य माग रहेको छ। विस्तारै माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको हो।'

images
images

फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। 'स्थानीय बासिन्दाले फोहरकै दुर्गन्धका कारण बस्न कठिनाइ भएको भन्दै अवरोध गरेका छन्। महानगरपालिका यस विषयमा छलफल गरी स्थानीयवासीको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ', उनले भने।

images
images

राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनीबेँसी नगरपालिकाका-१ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । 'राज्यले स्थानीयवासीलाई कहिलेसम्म समस्या समाधान हुनसक्छ भन्ने यकिन गर्नुपर्ने उनले बताए।

यस सम्बन्धमा काठमाडौंमा भइरहेको विभिन्न सम्झौतालाई स्थानीयमाझमा ल्याई सहमति जनाउनुपर्ने उनको भनाइ थियो। 'यति समयभित्र समस्या समाधान हुनसक्छ भन्ने ऐक्यबद्धता राज्यले जनाउनुपर्ने स्थानीयवासीको माग छ', उनले भने, 'पटक-पटक महानगरपालिकासँग गरिएका सम्झौता के कति पूरा भए भन्नेबारे यकिन हुनुपर्छ। स्थानीयवासीको माग नयाँ होइन, पुरानै हो।' रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend