आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुन तस्करी : विमानस्थलबाट समातिए एक चिनियाँ नागरिक, पक्राउ पर्नेको संख्या ७ पुग्यो

images
बिहीबार , साउन ४ २०८०
images
सुन तस्करी : विमानस्थलबाट समातिए एक चिनियाँ नागरिक, पक्राउ पर्नेको संख्या ७ पुग्यो

यस प्रकरणमा हालसम्म सात जना पक्राउ परेका छन्। छानबिन गर्न समिति गठन गरिएको छ।

images
images

काठमाडौं- झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार प्रहरीले चिनियाँ नागरिक जेयुङ लिनलाई पक्राउ गरेको हो।

images
images
images

तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। उनका अनुसार पक्राउ परेका ती चिनियाँ नागरिकलाई राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

images
images

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परेका हुन्। उक्त सुन हङकङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ।

images
images

विभागले बुधबार विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो। उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो।

स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो। अहिले टक्सार विभागमार्फत सुनको परिमाण निकाल्ने काम जारी रहेको छ। यस प्रकरणको छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भइसकेको छ। समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ।


प्रकाशित : बिहीबार , साउन ४ २०८०१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend