आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

images
बिहीबार , साउन ४ २०८०
images
काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ।

images
images

झापा- गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ। यस नाकाबाट भारत, चीन, बंगलादेश र भुटानसँग व्यापार हुने गर्छ। मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रूपैयाँभन्दा बढी छ।

images
images
images

गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार रूपैयाँ बराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार रूपैयाँ बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।

images
images

उनका अनुसार यस नाकामार्फत बंगलादेशबाट पाँच अर्ब ६५ करोड २० लाख ६५ हजार रूपैयाँको सामान आयात भएको छ भने ४७ करोड ११ लाख ५३ हजार रूपैयाँको सामान निर्यात भएको छ। विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बंगलादेशसँगको व्यापार घाटा भएको छ।

images
images

साथै समीक्षा अवधिमा भुटानसँग एक अर्ब ५६ करोड ८८ लाख ३० हजार रूपैयाँ बराबरको सामान आयात भएको छ भने ५२ करोड दुई लाख ३६ हजार रूपैयाँ बराबरको निर्यात भएको छ। सोही अवधिमा भारतबाट ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजार रूपैयाँको सामान आयात भएको छ भने १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार रूपैयाँ बराबरको निर्यात भएको छ।

गत आवमा यस नाकाबाट चीनसँगको व्यापार घाटा भने शतप्रतिशत प्रतिशत छ। चीनबाट तीन अर्ब छ करोड १० लाख १२ हजार रूपैयाँ बराबरको सामान आयात हुँदा निर्यात शून्य छ।

नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, फलाम तथा फलामका सामग्री, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ। साथै यस नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्च पदार्थ, जुट तथा जुटका उत्पादन, ड्राइफुट्स, भटमास, तोरी नरिवल, चिप्स, मार्बल, प्लास्टिकका कच्चापदार्थ, तरकारी, आलु, कपडालगायत सामान आयात हुने गरेको भन्सार कार्यालयको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८०१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend