आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

तातोपानी नाकाबाट ३ अर्ब २७ करोडभन्दा बढी राजस्व संकलन

images
बिहीबार , साउन ४ २०८०
images
तातोपानी नाकाबाट ३ अर्ब २७ करोडभन्दा बढी राजस्व संकलन

कुनैबेला पाँच खर्ब रूपैयाँ राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ।

images
images

सिन्धुपाल्चोक- चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ।

images
images
images

कुनैबेला पाँच खर्ब रूपैयाँ राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ।

images
images

उक्त नाकाबाट गत आवमा चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएको भए पनि तीन अर्ब २७ करोड ९४ लाख २० हजार सातसय २७ रूपैयाँ अर्थात् लक्ष्यको ७० दशमलव ८४ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। 

images
images

विसं २०७२ को भूकम्पपछि बाढीपहिरो, कोरोना, सडकलगायत कारण देखाउँदै नाका राम्रोसँग सञ्चालन हुन सकेको छैन। गत बैशाख १८ गते केही सामग्री निर्यात गरे पनि त्यसपछि निर्यात शून्य तथा आयात पनि घटेको तातोपानी भन्सार कार्यालका प्रमुख दयानन्द केसीले जानकारी दिए।

बैशाख १८ गते  बाँसका मुडालगायत नेपाली सामग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए। आयात गरेका सामग्रीमा विद्युतीय भ्यान, प्रोजेक्टका सामान, स्याउ, नास्पाती, ओखरलगायत रहेको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८००९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend