आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

यो वर्ष सरकारी कार्यालयले नयाँ सवारी साधन, फर्निचर खरिदमा खर्च देखाउन नपाउने

निर्माण व्यवसायीलाई भुक्तानी दिनका लागि न्यूनतम भौतिक प्रगति अनिवार्य 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ४ २०८०
images
यो वर्ष सरकारी कार्यालयले नयाँ सवारी साधन, फर्निचर खरिदमा खर्च देखाउन नपाउने

त्यस्तै भैपरी आउने शीर्षकमा विनियोजन गरिएको बजेट खर्चका लागि पनि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुने भएको छ। 

images
images

काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। सबै सरकारी निकायलाई बजेट कार्यान्वयनसँग व्यवस्थाका बारेमा अवगत गराउँदै मार्गदर्शन जारी गरेको हो। 

images
images
images

चालु आर्थिक वर्षमा रोत्साहन भत्ता, अतिरिक्त समय लगायतका भत्तामा खर्च लेख्नु नपाइने भएको छ। बजेटमा गरिएको घोषणा अनुसार नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ्ग खरिद गर्न नपाइने भएको छ। 

images
images

मर्मत सुधार्दा समेत सञ्चालनमा नआउने सवारी साधन, फर्निचर, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू अनिवार्य रुपमा ६ महिनाभित्र लिलाम बिक्री गर्नुपर्नेछ। 

images
images

त्यस्तै भैपरी आउने शीर्षकमा विनियोजन गरिएको बजेट खर्चका लागि पनि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुने भएको छ। 

सरकारी कार्यालयले घर भाडमा लिनुपर्दा सकेसम्म सरकारी खाली भनवनलाई प्राथमिकता दिने, यदि त्यस्तो नभएमा व्यापारिक ठाउँमा नलिएर सस्तो हुने ठाउँमा लिनुपर्ने भएको छ। 

१ अर्बभन्दाबढीको भुक्तानी गर्नुपर्दा सात दिनअघि अर्थ मन्त्रालयलाई जानकारी दिनुपर्ने छ। भुक्तानी प्रणाली सहज बनाउनका लागि मासिक नगद योजना अर्थमा बुझाउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ।  

भौतिक प्रगति र गुणस्तरको आधारमामात्र ठेकेदारलाई भुक्तानी दिनुपर्ने छ। यसका लागि पहिलो त्रैमासिक भुक्तानीका लागि प्रगति नचाहिने र दोस्रोमा ३० प्रतिशत भौतिक प्रतगति चाहिने छ। त्स्तै तेस्रो त्रैमासमा न्यूनतम ५० प्रतिशत प्रगति भएको हुनुपर्ने छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००९:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend