आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बाँकेमा गड्यौलाबाट मलको उत्पादन गरिँदै

images
बिहीबार , साउन ४ २०८०
images
बाँकेमा गड्यौलाबाट मलको उत्पादन गरिँदै

खेती लगाउने बेला समयमै मल नपाउने समस्याले हैरान भएका किसान गड्यौला मलप्रति आकर्षिक भएका हुन्।

images
images

नेपालगञ्ज- बाँकेमा परीक्षणका रुपमा गड्यौलाबाट मलको उत्पादन गर्न थालिएको छ। रासायनिक मल समयमा नपाउने, पर्याप्त नपाइने र पाए पनि त्यसले माटोको उत्पादकत्व क्षमतामा प्रतिकूल प्रभाव पारेको भन्दै किसान गड्यौला मलप्रति आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

images
images
images

कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले यसपटक परीक्षणका लागि सीमित किसानलाई गड्यौलाबाट मल उत्पादनका लागि सहयोग गरेको जानकारी दिए। 'परीक्षण सफल भएमा कार्यक्रम विस्तार गर्ने योजना छ', उनले भने। यसबाट उत्पादकत्व वृद्धि गर्ने र रासायनिक मलको मागसमेत घटने विश्वास रहेको जनाउँदै अहमदले अबको खेती प्रणालीमा यसको प्रयोग आवश्यक भएको बताए। मल उत्पादनका लागि केन्द्रले यस आर्थिक वर्षदेखि सात लाख रूपैयाँ लगानी भएको जनाएको छ।

images
images

साकारा कृषि सहकारीका कृषि प्रमुख बलबहादुर सुनारले गड्यौलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने बताए। 'गड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुन्छ', उनले भने।

images
images

ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बाँकेको राप्ती सोनारी गाउँपालिकाका २५, खजुरा गाउँपालिकाका छ र नेपालगञ्ज उपमहानगरपालिकाका दुई किसानलाई गड्यौलाबाट मल उत्पादनको तालिम दिएर उत्पादन गर्न प्रेरित गरिएको जानकारी दिए। 'उत्पादन भइसकेको छैन, हामी सुरुवाती चरणमा छौँ', उनले भने। मल उत्पादन कार्यमा बाँकेका करिब ५२ किसान संलग्न छन्।

कृषि ज्ञान केन्द्रले प्रतिकिसान चार किलोग्रामका दरले गड्यौला दिएको र एक किसानबाट ५० किलोसम्म मल उत्पादनको अपेक्षा लिएको जनाएको छ। राप्तीसोनारीका किसान जीतबहादुर कार्कीले विश्वासका आधारमा गड्यौलाबाट मल उत्पादन गर्न थालेको बताए। 'अब उत्पादन र प्रयोगपछि प्राप्त परिणामले यसको प्रभावकारिता देखिन्छ', उनले भने। मल उत्पालनका लागि किसानलाई गड्यौलाबाहेक, प्लास्टिकका भाँडालगायत कृषि औजार प्रदान गरिएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend