आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सडकले सुगम बन्दै दुर्गम ताराखोला

images
बिहीबार , साउन ४ २०८०
images
सडकले सुगम बन्दै दुर्गम ताराखोला

ताराखोला गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलोपटक सडक कालोपत्र भएको छ। गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ।

images
images

गलकोट- कुनै दिन दुर्गम ठाउँका रुपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ। गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट तारखोला एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो।

images
images
images

स्थानीय तहपछि ताराखोलामा बिस्तारै विकासको ढोका खुल्न थाल्यो। दुर्गम गाउँपालिकाका रुपमा चिनिएको ताराखोला विकासले क्रमशः सुगम बन्दै गएको छ। भौगोलिक विकटताका कारण विकासमा पछाडी परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक पुगेको छ।

images
images

गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलोपटक सडक कालोपत्र भएको छ। गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ। दश किमी सडकमध्ये अहिले छ किमी सडक कालोपत्र भइसकेको छ।

images
images

गाउँपालिकामा नै पहिलो पटक ताराखोला-सरपाण्डी-खरिखोला सडक कालोपत्र भएको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए। 'गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद् क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको २२ करोड रूपैयाँ लागतमा सडक कालोपत्र भइरहेको छ', अध्यक्ष विकले भने, 'अब गलकोटबाट ताराखोला तर्फसमेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने शहीद मार्ग सडक आगमी वर्षमा कालोपत्रको सुरुवात हुनेछ, यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन्।'

सडकको ट्र्याक मात्रै रहेको ताराखोला पुग्न अहिले बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँको रिजालचोकदेखि भुस्कात हुँदै भातखानेडाँडा, बागलुङको गलकोट नगरपालिका-६ हुँदै ताराखोला गाउँ र त्रिशूल चोक हुँदै माझखर्क हुँदै खरिखोला पुग्ने तीन सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ। त्यसमध्ये अहिले ताराखोला-सरपाण्डी-खरिखोला सडकको ६ किमी सडक कालोपत्र भइसकेको छ। गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत  कालोपत्रको चरणमा छ।

गाउँपालिकाको पहिलो प्राथमिकताका रुपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडकलाई गाउँपालिकाले शहीद मार्गको नामकरण गरेको छ। उक्त सडकको भने काम अघि बढ्न सकेको छैन। ताराखोलाको माझखर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीय खुसी भएका छन्। ताराखोला-१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले जानकारी दिए। गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेकोे माझखर्कका रोकामगरको भनाइ छ।

उनले सडक कालोपत्र भइसक्दासमेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गरे। पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मंसिर ४ गते २२ करोड ८३ लाख २० हजार रूपैयाँमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो। दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाइ भएको थियो।

विसं २०७९ मंसिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्यप्रगतिका आधारमा २०८० मंसिरसम्म म्याद थप गरिएको छ। उक्त सडक खण्डकोे छ किमी कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमी सडक कालोपत्र गरिनेछ। अहिले भइरहेको कालोपत्रमा पुन: अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले जानकारी दिए।

उनले बर्खा लगत्तै बाँकी रहेको चार किमी सडक कालोपत्रको काम थालिने बताए। ताराखोला-सरपाण्डी-खरिखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ७५ प्रतिशत रहेको बताए।

मौसमले साथ दिएमा आगमी मंसिरसम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताए। गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको शहीद मार्ग भने कालोपत्रका लागि संघीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ।

निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला-सरपाण्डी-खरिखोला सडक कालोपत्र भएको छ। गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८००८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend