आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अझै विमानस्थल भन्सारमै छ सुन ल्याउने गिरोहको १३ कार्टुनभन्दा बढी सामान

images
बिहीबार , साउन ४ २०८०
images
अझै विमानस्थल भन्सारमै छ सुन ल्याउने गिरोहको १३ कार्टुनभन्दा बढी सामान

अझै जाँचपास हुन बाँकी १३ कार्टुनभन्दा बढी त्यही कम्पनीको सामान गोदाममा नै रहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ। 

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको सुन ठूलो परिमाणमा जफत भएपछि भन्सारमा जाँचपास हुन बाँकी सामानमा समेत सुन हुनसक्ने भन्दै विशेष अनुसन्धान सुरू गरिएको छ। उही कम्पनीको सामान जाँचपास हुन बाँकी रहेको देखिएपछि राजस्व अनुसन्धान विभागले विशेष अनुसन्धान सुरू गरेको हो।

images
images
images

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको झण्डै एक सय किलो सुन मंगलबार बरामद गरेको थियो। हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको सामान (ब्रेक शु)मा राखेर उक्त सुन ल्याइएको पाइएको हो। त्यसरी सामान ल्याउने रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र रामकुमार भुजेलसहित भन्सार एजेन्ट राजेन्द्र राईसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढिरहेको छ। 

images
images

रेडी ट्रेड कम्पनीकै सामान मंगलबारभन्दा अघि पनि कहिले ३० किलो कहिले ३५ किलोका दरले जाँचपास भएर बाहिरिएको र अझै जाँचपास हुन बाँकी १३ कार्टुनभन्दा बढी सामान गोदाममा नै रहेको विमानस्थल भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ। 

images
images

क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो २ बजेतिर नै भन्सार पास भएको थियो। त्यसको तीन घण्टापछि सिनामंगलमा ट्याक्सीबाट बरामद भएको थियो। अहिले यही रेडी ट्रेडका थप सामानमा पनि सुन हुनसक्ने आशंकाले अनुसन्धान अघि बढेको छ। 

अवैध सुन भित्रिएपछि भन्सार विभागले छानबिन समितिसमेत बनाएको छ। भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिएका छन्। समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend