आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुन भित्रिनुमा मेरो सं‌लग्नता छैन, सार्वजनिक जीवन धूलिसात् बनाउन खोजियो : दीपक मल्होत्रा

images
बिहीबार , साउन ४ २०८०
images
सुन भित्रिनुमा मेरो सं‌लग्नता छैन, सार्वजनिक जीवन धूलिसात् बनाउन खोजियो : दीपक मल्होत्रा

केही सञ्चार माध्यममा व्यवसायी मल्होत्राको संलग्नताबारे विषयहरू आएपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राखेका हुन्।

images
images

काठमाडौं- व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठूलो परिमाणमा जाँचपास भएको सुन जफत भएपछि आफ्नो संलग्नता भएको भनि आएका विषयहरू गलत भएको बताएका छन्। 

images
images
images

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद् भएको सुन आफूले नल्याएको र त्यसमा पक्राउ परेकाहरूसँग आफ्नो कुनै संलग्नता नरहेको मल्होत्राले बताएका छन्।

images
images

बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।

images
images

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको झण्डै एक सय किलो सुन मंगलबार बरामद गरेको हो। हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको सामान (ब्रेक शु)मा राखेर उक्त सुन ल्याइएको पाइएको हो। विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। 

यसमा केही सञ्चार माध्यममा व्यवसायी मल्होत्राको संलग्नताबारे विषयहरू आएपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राखेका हुन्।उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताउँदै भने, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानूनी सजाय भोग्न तयार छु।’


प्रकाशित : बिहीबार , साउन ४ २०८००७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend