आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ठूलो परिमाणमा सुन भित्रिएकोबारे छानबिन गर्न भन्सार विभागले बनायो समिति

images
बिहीबार , साउन ४ २०८०
images
ठूलो परिमाणमा सुन भित्रिएकोबारे छानबिन गर्न भन्सार विभागले बनायो समिति

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको झण्डै एक सय किलो सुन मंगलबार बरामद गरेको हो।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठूलो परिमाणमा जाँचपास भएको सुन जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ। 

images
images
images

भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिएका छन्। समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने छ।  

images
images

साथै अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रियासमेत अघि बढेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले बताएका छन्।  

images
images

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको झण्डै एक सय किलो सुन मंगलबार बरामद गरेको हो। हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको सामान (ब्रेक शु)मा राखेर उक्त सुन ल्याइएको पाइएको हो। विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। 


प्रकाशित : बिहीबार , साउन ४ २०८००६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend