आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत

images
बुधबार, साउन ३ २०८०
images
जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत

जी-२० का देशहरुले संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्याहरु आएको छ, यसलाई कसरी विस्तार गर्नेलगायतका विषयमा पनि छलफल भएको अर्थमन्त्री प्रकाशशरण महतले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी-२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। सम्मेलनमा सहभागी भएर बुधबार फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा जी-२० सम्मेलन नेपालका लागि उपलब्धिमुलक भएको बताएका हुन्।

images
images
images

सम्मेलनमा कम विकसित देशहरुको समस्या राख्ने अवसर प्राप्त भएको बताउँदै अर्थमन्त्री महतले त्यहाँ विभिन्न विषयमा छलफल भएको जानकारी दिए। ‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्यिाएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ,' अर्थमन्त्री महतले भने, 'डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरु ठाउँबाट पनि सञ्चालन हुन्छ। त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो।’

images
images

जलवायु परिवर्तनका कारण नेपालले ब्यहोरिरहेको क्षतिबारे पनि कुरा राखिएको उनले बताए। 'जलवायु परिवर्तन कारणबाट हामीले क्षति ब्यहोरिरहेका छौँ, यसमा विकसित देशहरुले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि भयो,' उनले भने, 'हाम्रो दीगो विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा कसरी बढाउने, मूल्य वृद्धि र विकासका अनेकन समस्याबाट जनमानसमा परेको असरलाई कसरी कम गर्ने विषयहरु नेपालले जी-२० को फोरममा राख्यो।'

images
images

जी-२० का देशहरुले संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्याहरु आएको छ, यसलाई कसरी विस्तार गर्नेलगायतका विषयमा पनि छलफल भएको मन्त्री महतले बताए। उनले भने, ‘यस सिलसिलामा विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न बहुपक्षीय संस्थाहरुको पनि त्यहाँ सहभागिता थियो। त्यहाँ पनि हामीले अनौपचारिक रुपमा आफ्ना कुरा राख्यौँ। भारत र चीनका अर्थमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट गरी छलफल गरियो।’

गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा अन्तर्क्रिया भएको मन्त्री डा महतले जानकारी दिए। नेपालमा लगानीको सम्भावनाबारे त्यहाँ नेपालले प्रस्तुति दिएको थियो। गुजरातमा पनि नेपाली समुदायको संख्या ठूलो छ, उनीहरुसँग पनि अन्तर्क्रिया गरेको मन्त्री डा महतले बताए। 


प्रकाशित : बुधबार, साउन ३ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend