आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पर्ती जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइयो

images
बुधबार, साउन ३ २०८०
images
पर्ती जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइयो

खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने बताइएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ।

images
images
images

महानगरपालिका-१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनीभन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए। 

images
images

वडा कार्यालयले नापजाँच गरी पर्ती जग्गामा संरचना बनाएर भाडामासमेत लगाएको विवरण महानगरमा पठाएको थियो। वडा कार्यालयको प्रतिवेदनका आधारमा महानगरपालिकाले आज सदनका संरचना भत्काएको हो। खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने वडा कार्यालयले जनाएको छ। रासस

images
images


प्रकाशित : बुधबार, साउन ३ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend