आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता

images
बुधबार, साउन ३ २०८०
images
रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता

रोल्पामा संघतर्फ पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ छ अर्ब ६३ करोड ३५ हजार रूपैयाँ प्राप्त भएको थियो। चालुतर्फ प्राप्त बजेटमध्ये संघको पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ ६२ करोड ७४ लाख ४४ हजार गरी कुल छ अर्ब दुई करोड ९६ लाख ५४ हजार रूपैयाँ खर्च भएको छ।

images
images

रोल्पा- रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ। जिल्लाको पुँजीगत विकासका लागि आएको रकममध्ये ५६ करोड १५ लाख ९० हजार रूपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता गएको हो।

images
images
images

जिल्लामा संघतर्फ ८३ करोड २३ लाख ४३ हजार र प्रदेशतर्फ एक अर्ब ३२ करोड ८४ लाख १८ हजार रूपैयाँ गरी कुल दुई अर्ब १६ करोड सात लाख ६१ हजार रूपैयाँ बजेट प्राप्त भएको थियो।

images
images

प्राप्त बजेटमध्ये संघतर्फ ५७ करोड ७४ लाख ७७ हजार र प्रदेशतर्फ एक अर्ब दुई करोड १६ लाख ८३ हजार गरी कुल एक अर्ब ५९ करोड ९१ लाख ७० हजार रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए। उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये संघको २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको ३० करोड ६७ लाख ३४ हजार रूपैयाँ रहेको छ। उक्त रकम कुल बजेटको करिब २६ प्रतिशत हो।

images
images

जिल्लामा संघतर्फ पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ छ अर्ब ६३ करोड ३५ हजार रूपैयाँ प्राप्त भएको थियो। चालुतर्फ प्राप्त बजेटमध्ये संघको पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ ६२ करोड ७४ लाख ४४ हजार गरी कुल छ अर्ब दुई करोड ९६ लाख ५४ हजार रूपैयाँ खर्च भएको छ। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८०१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend