आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पहिरोले धादिङबेँसी-मलेखु सडक अवरुद्ध, तत्काल खुलाउन कठिन

images
बुधबार, साउन ३ २०८०
images
पहिरोले धादिङबेँसी-मलेखु सडक अवरुद्ध, तत्काल खुलाउन कठिन

पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसँगै भएकोले जोखिम बढेको छ।

images
images

मलेखु- जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी-मलेखु सडक पहिरोले अवरुद्ध भएको छ।

images
images
images

नीलकण्ठ नगरपालिका-८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुवैतर्फ अवरुद्ध बनाएको हो।

images
images

अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ। घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयवासीले बताएका छन्।

images
images

पहिरोले ठूल्ठूला ढुंगा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसँगै भएकोले जोखिम बढेको छ। रासस


प्रकाशित : बुधबार, साउन ३ २०८००८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend