मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

उत्कृष्ट रेन्जसहति एसआरएमको नयाँ विद्युतीय भ्यान नेपाली बजारमा

सीएटीएलले बनाएको ब्याट्री, रेन्ज ३ सय किलोमिटर

बुधबार, साउन ३ २०८०
उत्कृष्ट रेन्जसहति एसआरएमको नयाँ विद्युतीय भ्यान नेपाली बजारमा

यो रेन्ज हालसम्म नेपाली बजारमा उपलब्ध विद्युतीय भ्यान/माइक्रोबसमध्ये सबैभन्दा धेरै भएको दाबी कम्पनीले गरेको छ। 

काठमाडौं- विद्युतीय कारमात्र होइन भ्यान/माइक्रोबसमा समेत उपभोक्ताको आकर्षण बढ्दै गइरहेका बेला नयाँ विद्युतीय माइक्रोबस नेपाल आएको छ। एसआरएम ब्रान्डको नयाँ विद्युतीय भ्यान पूजा कन्स्ट्रक्सन नेपाल प्रालिले भित्र्याएको हो। 

यो विद्युतीय माइक्रोबसमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको लिथियम आयन फोसफेट ब्याट्री प्रयोग गरिएको छ। एसआरएमको एक्स ३० एल विद्युतीय माइक्रोमा ४१.८६ किलोवाट आवरको ब्याट्री रहेको छ। 

एसआरएम एक्स ३० एलले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिनेछ। यो रेन्ज हालसम्म नेपाली बजारमा उपलब्ध विद्युतीय भ्यान/माइक्रोबसमध्ये सबैभन्दा धेरै भएको दाबी कम्पनीले गरेको छ। 

यो विद्युतीय मोइक्रोबसमा एबीएस, चाइल्ड सेफ्टी लक, पावर विन्डो, पार्किङ सेन्सरसहितको रिभर्स क्यामेरा, किलेस इन्ट्रीलगायत विशेषताहरू छन्। त्यस्तै यो विद्युतीय भ्यानको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम रहेको छ। यो भ्यानको मूल्य ४४ लाख ५० हजार रुपैयाँ तोकिएको छ। 

srm ev van hetauda.jpg

विद्युतीय भ्यान/माइक्रोबसमा उपभोक्ताको चासो बढ्दै गएकाले यहाँको बाटो र रुट तथा स्कुलहरूका लागि उपयोगी हुने एसआरएम ब्रान्डको एक्स ३० एल भ्यान बजारमा ल्याएको पूजा कन्स्ट्रक्सनअन्तर्गतको कमर्सियल ईभी डिजिवनका बिजनेस हेड दिपक थापाले बताए। ‘वातावरण प्रदूषण नगर्ने, छोटो तथा मध्यम रुट, स्कुलहरूलाई उपयुक्त हुने विद्युतीय भ्यान आइएको छ, थापाले भने, ‘एसआरएम ब्रान्डको एक्स ३० एल विद्युतीय भ्यानमा उत्कृष्ट ब्याट्री, रेन्ज तथा विशेषताहरूले भरिएको छ।’ 

एसआएमको एक्स ३० एल विद्युतीय भ्यान नेपाल ल्याएर यहाँका विभिन्न रुटहरूमा परीक्षणसमेत गरिसकेको थापाले जानकारी दिए। धेरै रेन्ज दिने र तुलनात्मक रुपमा प्रतिस्पर्धी मोडलभन्दा सस्तो मूल्यमा उपलब्ध भएकाले एक्स ३० एल विद्युतीय भ्यान धेरैको रोजाइमा पर्ने दाबी थापाको छ। 

विद्युतीय भ्यानको सञ्चालन खर्च न्यून हुने र स्वदेशै उत्पादिन बिजुली खपत गरेर प्रदूषणरहित यात्रा गर्नका लागि एक्स ३० एल उपयोगी हुने थापाको भनाइ छ। त्यस्तै कम्पनीले आवश्यकताअनुसार चार्जिङ पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। 'हामीले एक्स ३० एल विद्युतीय भ्यानका उपभोक्तालाई सबै प्रकारका स्पेयर पार्टस र सर्भिस समयमै उपलब्ध गराउने गरि तयारी गरेका छौं,' थापाले, भने, 'सवारी बिक्रीसँगै हाम्रो प्रथमिकतामा स्पेयर पार्टस र सर्भिस पर्ने गरेकाे छ।'

एसआरएम एक्स ३० एलका मुख्य विशेषताहरू

ब्याट्री- लिथियम आयन फोसफेट (सीएटीएल)

मोटर पावर- ६० किलोवाट

टर्क- २ सय २० एनएम

ब्याट्री क्षमता- ४१.८६ किलोवाटर आवर

चार्जिङ समय- ६ घण्टा एसी/४५ मिनेट डीसी

रेन्ज- ३ सय किलोमिटर

लेन्थ- ४४ सय ९५ एमएम

वाइड- १६ सय ८० एमएम

हाइट- १९ सय ९० एमएम

ह्वीलवेस- २९ सय २५ एमएम

ग्राउन्ड क्लियरेन्स- १ सय ८० एमएम


प्रकाशित : बुधबार, साउन ३ २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend