सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

कम्पनी दर्ता र पुँजीवृद्धिको शुल्कमा छुटका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने सरकारको निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३ २०८०
images
कम्पनी दर्ता र पुँजीवृद्धिको शुल्कमा छुटका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने सरकारको निर्णय

आज बसेको मन्त्रिपरिषदको बैठकले दर्ता शुल्कसँगै पुँजीवृद्धि शुल्कमा पनि छुट दिने निर्णय गरेको छ।

images
images

काठमाडौं- सरकारले नयाँ कम्पनी दर्ता शुल्कमा छुट दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले दर्ता शुल्कसँगै पुँजीवृद्धि शुल्कमा पनि छुट दिने निर्णय गरेको छ। 

images
images
images

बजेटमा गरिएको घोषणा कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो। 

images
images

आर्थिक वर्ष २०८०/८१ को बजेटमा नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पूँजी वृद्धी गर्दा शुल्क लाग्दै आएकोमा अवदेखि कुनै शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ उल्लेख गरिएको थियो। 

images
images

बजेटको घोषणा कार्यान्वयनका लागि  नेपाल राजपत्रमा कम्पनी ऐन वमोजिम दस्तुर परिमार्जन सम्बन्धी सूचना प्रकाशित गर्नुपर्छ। 

राजपत्रमा सूचना प्रकाशित नहुँदा साउन लागेपछि पनि पूरानै व्यवस्था अनुसार शुल्क लागिरहेको थियो। 

कम्पनी ऐन अुनसार कम्पनीको पुँजी अनुसारको दर्ता शुल्क र अवस्था अनुसार पुँजीवृद्धिको शुल्क लाग्ने व्यवस्था छ। 


प्रकाशित : बुधबार, साउन ३ २०८००४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend