सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

images
मंगलबार, साउन २ २०८०
images
ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

झापामा एक सय ३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा रहेका छन्। झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ।

images
images

झापा- झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन्। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक संगठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए।

images
images
images

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त आन्दोलन घोषणा गरेको उपाध्यक्ष राईले जानकारी दिए। आफ्ना माग बारेमा असार ५ गते नै उद्योगीलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरू गरिएको उनले जानकारी दिए।

images
images

उपाध्यक्ष राईका अनुसार श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला पाँच सय ७७ रूपैयाँ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत चार सय ३७ रूपैयाँ मात्र दिइरहेका छन्। श्रमिक संगठनले नेपाल चिया उत्पादक संघ, साना किसान चिया सहकारी संघ, नेपाल चिया विकास निगम, शुभ चिया उद्योगलगायतका संस्थामा आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आन्दोलनको जानकारी दिएका छन्।

images
images

श्रमिकले चिया बगान तथा प्रतिष्ठानमा एक सातासम्म कालो झण्डा राख्ने र त्यस बेलासम्म पनि मागको सुनुवाइ नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने उपाध्यक्ष राईले बताए। श्रम ऐन, २०७४ को दफा १० मा भएको व्यवस्थाबमोजिम सेवा र सुविधा हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गरिनुपर्ने, अनिवार्य श्रम सम्झौता गरिनुपर्ने र महँगी तथा अतिरिक्त कामका आधारमा भत्ता दिइनुपर्ने श्रमिक संगठनको माग रहेको छ।

'चिया बगानका श्रमिकले अहिले पाइरहेको ज्यालाबाट बिहान बेलुकाको छाक टार्न पनि पुग्दैन', नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष राईले भने, 'हरेक वर्ष आन्दोलन गर्नु परिरहेको छ। आन्दोलन सुरू भएपछि आश्वासन मात्र पाइएको छ। राज्यले बनाएका कानुनबमोजिम नै हामीले ज्याला पाउनुपर्छ भनिरहेका छौँ।' दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नुपर्ने श्रमिकको माग रहेको छ।

झापामा एक सय ३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा रहेका छन्। झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend