सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमाथि बुधबार पनि सुनुवाइ हुने

images
मंगलबार, साउन २ २०८०
images
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमाथि बुधबार पनि सुनुवाइ हुने

सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

images
images

काठमाडौं- ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका चारजनाको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बुधबार पनि सुनुवाइ हुने भएको छ।

images
images
images

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त रिटमा भोलि पनि सुनुवाइ हुने भएको हो।

images
images

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।

images
images

सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८०१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend