सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

एक वर्षमा म्याग्दीको तातोपानी कुण्डले गर्‍यो १ करोड ३७ लाख आम्दानी

images
मंगलबार, साउन २ २०८०
images
एक वर्षमा म्याग्दीको तातोपानी कुण्डले गर्‍यो १ करोड ३७ लाख आम्दानी
images
images

म्याग्दी- प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख रूपैयाँ आम्दानी भएको छ। आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो।

images
images
images

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शुल्क आम्दानीको मुख्य स्रोत हो। कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने, 'बिरेनूनको गन्ध नआउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ।' गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए।

images
images

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत ६२ लाख ९७ हजार रूपैयाँ र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रूपैयाँ आम्दानी भएको छ। चन्दाबापत चार लाख १६ हजार, मन्दिरको भेटी पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट तीन लाख आठ हजार र ब्याजबाट १७ हजार रूपैयाँ आम्दानी भएको छ। 

images
images

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए। तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ। सात दिन स्नानका लागि प्रतिव्यक्ति रु। तीन सय ५० शुल्क तोकिएको छ। बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन्।

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार रूपैयाँ उपलब्ध गराइएको छ। कुण्डका कर्मचारीको तलबमा ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा दश लाख ८९ हजारसहित कुल एक करोड ३६ लाख १९ हजार रूपैयाँ खर्च भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा एक करोड १७ लाख २२ हजार रूपैयाँ, आव २०७७/७८ मा ७८ लाख एक हजार रूपैयाँ, आव २०७६/७७ मा एक करोड १३ लाख ४९ हजार रूपैयाँ, आव २०७५/७६ मा ९९ लाख ४२ हजार रूपैयाँ तथा आव २०७४/७५ मा ६५ करोड छ लाख रूपैयाँ आम्दानी भएको थियो।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा २६ लाख ५७ हजार रूपैयाँ, आव २०७५/७६ मा ९६ लाख १० हजार रूपैयाँ, आव २०७६/७७ मा एक करोड १४ लाख २३ हजार रूपैयाँ, आव २०७७/७८ मा एक करोड १४ लाख ५२ हजार रूपैयाँ तथा आव २०७८/७८ मा एक करोड ९० लाख ५६ हजार रूपैयाँ खर्च भएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend