सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

संघीय संसद् सचिवालयलाई चीनले दियो ८ वटा विद्युतीय सवारीसाधन

images
मंगलबार, साउन २ २०८०
images
संघीय संसद् सचिवालयलाई चीनले दियो ८ वटा विद्युतीय सवारीसाधन

करिब तीन करोड रूपैयाँ मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल-चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको हो।

images
images

काठमाडौं- चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठवटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ।

images
images
images

एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारीसाधन प्राप्त भएको हो।

images
images

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँचवटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव  सुरजकुमार दुराले जानकारी दिए।

images
images

करिब तीन करोड रूपैयाँ मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल-चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र  नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ। यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो। 

विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend