सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

महाकाली सिँचाइ तेस्रो चरण : साढे ६ सय हेक्टरमा सिँचाइ गर्न सकिने

images
मंगलबार, साउन २ २०८०
images
महाकाली सिँचाइ तेस्रो चरण : साढे ६ सय हेक्टरमा सिँचाइ गर्न सकिने

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेव क्षेत्रमा विसं २०६४ देखि सुरु भएको मूल नहर निर्माणको थप काम अगाडि बढाउने प्रक्रिया रहेको आयोजनाले जनाएको छ। आयोजनाको कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कुल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ।

images
images

महेन्द्रनगर- आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ। 

images
images
images

महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जियिनर शम्भु पण्डितले जानकारी दिए। मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उनले बताए।

images
images

'नेपाल-भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो', इन्जिनियर पण्डितले भने, 'हामीले पनि अहिलेसम्म बनेको नहर परीक्षण गरेर सकेका छौँ।' पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको उनले बताए।

images
images

इन्जिनियर पण्डितका अनुसार हाल निर्माणाधीन २२ वटा शाखा नहरमध्ये दुईवटा शाखा नहर तयार भइसकेका छन्। उनले भने, '२० र २१ नं शाखा नहर तयार भएर साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ। अब महाकाली नदीबाट नियमित पानी ल्याउने विषयमा पहल गर्नेछौँ।' 

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेव क्षेत्रमा विसं २०६४ देखि सुरु भएको मूल नहर निर्माणको थप काम अगाडि बढाउने प्रक्रिया रहेको आयोजनाले जनाएको छ। आयोजनाको कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कुल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। यहाँ २२ वटा शाखा नहर निर्माणका लागि एक अर्ब रूपैयाँ बढीको लागतमा काम भइरहेको छ।

त्यस्तै, २८ किलोमिटर (शुक्लाफाँटाको फुलेली) देखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूल नहर निर्माणको प्रक्रिया सिँचाइ विभाग पुगेको इन्जिनियर पण्डितले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८००८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend