सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

घरजग्गा कारोबारमा चरम मन्दी : कित्ताकाट पौने ३ लाखले कम, राजस्व संकलनमा धक्का

images
सोमबार, साउन १ २०८०
images
घरजग्गा कारोबारमा चरम मन्दी : कित्ताकाट पौने ३ लाखले कम, राजस्व संकलनमा धक्का

आर्थिक वर्ष २०७९/८० मा ४१ अर्ब ७३ करोड रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन संकलित रकम अघिल्लो आर्थिक वर्षभन्दा ३३ अर्ब ८१ अर्बले कमी हो। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा घरजग्गा करोबारमा चरम मन्दी देखिएको छ। राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइको नीति लिएपछि कारोबारमा मन्दी आएको हो। जसका कारण राज्यको अर्बौं रूपैयाँ राजस्व घटेको छ।

images
images
images

राष्ट्र बै‍ंकले घरजग्गामा जाने ऋण लगानीमा कडाइ गरेसँगै कारोबार सुस्ताएको थियो। आर्थिक वर्ष २०७८/०७९ मा नै सुरु भएको मन्दीका कारण आर्थिक वर्ष २०७९/८० मा त कारोबार नै ठप्पजस्तो भएको देखिन्छ। 

images
images

ठूला कारोबारीको धेरै पैसा घरजग्गामा फसेको अनुमान गरिएको छ। सोही कारण नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा खुकुलो नीति बनाउन व्यवसायीहरू चर्को लविङमा रहेका छन्। घरजग्गाको जोखिम भारलाई राष्ट्र बैंकले १५० प्रतिशत पुर्‍याएको थियो। अहिले जोखिम भार १०० प्रतिशतमा झार्न राष्ट्र बैंकमाथि दबाब छ। 

images
images

आर्थिक वर्ष २०७९/८० मा ४ लाख ६७ हजार ६ सय ८ लिखित पास भएको छ। त्यसअघि आर्थिक वर्ष २०७९/८० मा ७ लाख ४५ हजार १ सय १९ लिखत पारित भएको थियो। तुलनात्मक रुपमा हेर्दा लिखित पास २ लाख ७७ हजार ५ सय ११ ले घटेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लिखित पास जेठमा भन्दा असारमा घटेको थियो। जेठमा ५५ हजार ६९ लिखत पारित भएकोमा असारमा घटेर ४९ हजार ७ सय ७१ लिखित पास भएको छ।

चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको थियो। बैशाखमा ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो। फागुनमा ४० हजार ७ सय ३४ लिखित पास भएको थियो। त्यस्तै माघमा ४१ हजार ८६ लिखित पास भएको छ। पुसमा ३८ हजार ८ सय ७१ लिखित पास भएको थियो। मंसिरमा २९ हजार १ सय ८४, कात्तिकमा २७ हजार ९ सय ३९, असोजमा २५ हजार ७ सय ८९ लिखित पास भएको थियो। त्यस्तै भदौमा ३४ हजार ७ सय २० र साउनमा ३३ हजार ८ सय ३४ लिखित पास भएको थियो। 

राजस्व संकलनमा उच्च गिरावट 

घरजग्गा कारोबार सुस्ताएपछि सरकारले राजस्वसमेत गुमाएको छ। आर्थिक वर्ष २०७८/७९ मा सरकारले ७५ अर्ब ५५ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। आर्थिक वर्ष २०७९/८० मा ४१ अर्ब ७३ करोड रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन संकलित रकम अघिल्लो आर्थिक वर्षभन्दा ३३ अर्ब ८१ अर्बले कमी हो। 

घरजग्गा कारोबारबाट असारमा ४ खर्ब २७ करोड, जेठमा ३ अर्ब ७५ करोड, बैशाखमा ३ अर्ब ६८ करोड, चैतमा ४ अर्ब ५१ करोड र फागुनमा ३ अर्ब ५६ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै माघमा ३ अर्ब ६९ करोड, पुसमा ३ अर्ब ७१ करोड, मंसिरमा २ अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो।

त्यस्तै कात्तिकमा ३ अर्ब ७ करोड, असोजमा २ अर्ब ५६ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। त्यस्तै भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७३ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। 


प्रकाशित : सोमबार, साउन १ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend