सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

नवलपुरमा ८७ प्रतिशत रोपाइँ, साउन १५ सम्ममा सबै ठाउँमा सकिने

images
सोमबार, साउन १ २०८०
images
नवलपुरमा ८७ प्रतिशत रोपाइँ, साउन १५ सम्ममा सबै ठाउँमा सकिने

नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) मा ६० हजार ६६७ हेक्टर खेतीयोग्य जमिन भएकामा २७ हजार ३६१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ।

images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ।

images
images
images

ढिलागरी मनसुन सुरू भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। उक्त केन्द्रका सूचना अधिकारी शंकर पौडेलले अघिल्लो वर्ष असार मसान्तसम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको बताए। 'लामो समयदेखिको खडेरीका कारण यो वर्ष देशैभर धान रोपाइँ ढिलो सुरू भएको थियो', उनले भने, 'साउन १५ गतेसम्म जिल्लाको सबै ठाउँमा धान रोपाइँ सकिने हामीले अनुमान गरेका छौँ।'

images
images

लामो समयको खडेरीका कारण समयमै धानको बीउ राख्न नपाउँदा नवलपुरमामा धान रोप्न ढिलाइ भएको छ। वैकल्पिक प्रविधि अपनाएर सिँचाइ पुगेका क्षेत्रमा असार सुरू भएसँगै रोपाइँ सुरू गरिए पनि अन्य क्षेत्रमा कुलो ढिलो सञ्चालन हुँदा र आकासे पानी नपर्दा अधिकांश खेतीयोग्य जमिनमा रोपाइँ ढिला भएको सूचना अधिकारी पौडेलको भनाइ थियो।

images
images

जिल्लामा यसवर्ष १८ हजार आठ सय १६ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ। यहाँ लगाइने धानखेतीबाट प्रतिहेक्टर चार दशमलव नौ मेट्रिकटनका दरले करिब ७७ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको उनको भनाइ थियो।

नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) मा ६० हजार ६६७ हेक्टर खेतीयोग्य जमिन भएकामा २७ हजार ३६१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ।

'नवलपुरमा खेतीयोग्य जमिन र सिँचाइ हुने जमिनको तुलनामा धान खेती हुने जमिन निकै नै कम छ', सूचना अधिकारी पौडेलले भने, 'अघिल्लो वर्ष २० हजार हेक्टर जमिनमा बर्खे धान लगाइएको थियो तर यस वर्ष बर्खे धान रोपाइँ हुने क्षेत्रफल पनि घटेको छ।' कृषक नगदे बालीमा आकर्षित हुनु तथा खेतमा प्लटिङ गर्ने परिपाटी बढ्दै जानाका कारण बर्खे धान लगाइने क्षेत्रफल खुम्चिँदै गएको हो। जिल्लामा सावित्री, रामधान, सावा मनसुनीलगायत बर्खे धान  लगाउने गरिएको छ। रासस


प्रकाशित : सोमबार, साउन १ २०८००८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend